जिल्ला प्रशासन कार्यालय तनहुँमा अब क्युआरमार्फत् गुनासो गर्न सकिने

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले क्युआर कोर्डमार्फत् गुनासो गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको प्रयोग गरी जनतालाई सेवा प्रवाह गर्ने उद्देश्यसहित कार्यालयले शुक्रबारदेखि क्युआरकोड मार्फत् गुनासो गर्न सक्ने सेवा सञ्चालनमा ल्याएको हो ।
सेवाग्राहीले कार्यालयमा कामकारबाहीबारे मोवाइलबाटै उजुरी गर्न सक्ने गरी क्युआरकोड तयार गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए। प्रजिअ थापाले सेवाग्राहीले क्युआरकोड स्क्यान गरी गुनासो गरेपछि कार्यालयले गुनासो फछ्र्योट गर्ने व्यवस्था मिलाइएको बताए ।
‘अहिलेको सूचना प्रविधिको युगमा सूचना प्रविधिको प्रयोगमार्फत् गुनासो गर्न सक्ने व्यवस्था गरेका छौ’, प्रजिअ थापाले भने, ‘कार्यालयले तीन वटा क्युआरकोड सार्वजनिक गरेको छ । सेवाका बारेमा गुनासो गर्न, नागरिक बडापत्र र उपभोक्ता हित विपरितका कार्यका लागि उजुरी गर्न सक्ने छुट्टाछुट्टै क्युआरकोडको व्यवस्था गरिएको छ ।’
गुनासो गर्नका लागि क्युआरकोड स्क्यान गरेपछि एउटा फर्म खुल्छ । उक्त फर्ममा नाम ठेगाना, शाखा, सम्बन्धित व्यक्तिको संक्षिप्त परिचय, गुनासो भर्नुपर्नेछ। प्रजिअ थापाले भने, ‘अन्य कार्यालयका गुनासो भएपनि क्युआरकोडमार्फत् गुनासो गर्न सकिने व्यवस्था रहेको छ ।’
यस्तै, पत्रकारहरुसंग अन्तरक्रिया गर्दै प्रजिअ थापाले शान्ति सुरक्षा र अमनचयन कायम गर्दै जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन आफू लागिपरेको बताए । प्रजिअका रुपमा तनहुँ पहिलो जिल्ला भएको बताउँदै उनले भने, ‘जनताको गुनासो तत्कालै सम्बोधन गरिनेछ । गुनासो नआउने गरी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ । कानून कार्यान्वयन गराउने सिलसिलामा प्रतिबद्ध रहेको छु ।’
कार्यालयले आँबुखैरेनी गउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको र क्रमशः सबै पालिकाबाट यो सेवा प्रदान गरिने प्रजिअ थापाले बताए । कार्यालयमा हालसम्म ६० हजार राष्ट्रिय परिचयपत्र आइपुगेको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षमा एक हजार ५४६ पुरुष र एक हजार ६०३ महिलालाई गरी तीन हजार १४९ नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी गराए ।
उनका अनुसार कार्यालयबाट तीन हजार २७२ प्रतिलिपि, तीन वैवाहिक अङ्गिकृत र सात गैरआवासीय नागरिकता वितरण गरिएको छ ।
साउनदेखि हालसम्म चार हजार ६६ जनाको राष्ट्रिय परिचयपत्रको वायोमेट्रिक, चार हजार ६१८ राहदानी वितरण र २६५ नाबालक परिचयपत्र वितरण गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker