पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग

पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा फेवाताल किनारामा भ्यू फेवा, राउन्ड फेवा पदमार्गको काम अघि बढेको छ । फेवा डयाम साइडस्थित वनस्पति पार्कबाट रानीवन हुँदै अनदुसम्मका लागि पदमार्ग बनाउन सरकारले रु ५० लाख बजेट छुट्टयाएर काम सुरु गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले जानकारी दिनुभयो ।

यस आर्थिक वर्षमा करिब तीन किलोमिटर दूरीको पदमार्ग तयार हुने जानकारी दिँदै उहाँले उक्त मार्गका १० स्थानमा काठेपुल राख्नुपर्ने देखिएको बताउनुभयो । हालसम्म लगभग दुइ किलोमिटर पदमार्ग तयार भइसकेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच निर्माणाधीन पदमार्गको आज मन्त्रालयका प्रतिनिधि एवम् पर्यटन व्यवसायीले स्थलगत अवलोकन गरेका छन् । गण्डकी प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री दिपेन्द्रबहादुर थापा, मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पर्यटन निर्देशनालयका पदाधिकारी, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल -टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीलगायत पर्यटन व्यवसायीले निर्माण कार्यको अवलोकन गर्नुभएको हो ।

पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउने किसिमका पर्यटकीय पूर्वाधार आवश्यक रहेका अवस्थामा बन्न लागेको यस पदमार्ग बहुउपयोगी बन्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो। “पोखरामा पर्यटकको बसाइ लम्ब्याउने किसिमका पूर्वाधार बन्नु अपरिहार्य छ”, उहाँले भन्नुभयो, “भ्यु फेवा, राउन्ड फेवा पदमार्ग पोखराको पर्यटनमा महत्वपूर्ण हुने हामीले विश्वास लिएका छौँ।”

पदमार्ग निर्माणसँगै पोखरामा आएका जो कोही पर्यटकले छोटो समयमा हिमाल, ताल, र पोखराबजारको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाउने छन् । पोखरालाई आधार बनाएर आसपासका अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, घोरेपानी, पुनहिल आदि पदमार्गमा यात्रा गर्न जाने पदयात्रीका लागि पनि पूर्वअभ्यासका लागि यो पदमार्ग उपयोगी बन्ने विश्वास लिइएको छ । यस पदमार्गलाई डयाम साइडदेखि रानीवन, मेवाखोला हुँदै मार्गीसम्म पुर्‍याउने लक्ष्य लिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker