बन्दीपुरमा गणित विषयका स्वअध्याय सामाग्रि वितरण
भञ्ज्याङ समाचारदाता/बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयलाई गणित विषयका स्वअध्याय सामाग्रि वितरण गरिएको छ । आइमिन परियोजनाको पालिकास्तरीय स्तरीय समिक्षा, स्वअध्याय सामाग्री वितरण र ट्यावलेट हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाको सभाहलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जाइकाको आर्थिक सहयोगमा संचालीत आइमिन कार्यक्रमको समिक्षा र अनुभव आदान प्रदान तथा सामाग्रि हस्तान्तरण गरिएको थियो ।
गाउँपालिकामा रहेका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको कार्यक्रममा परियोजनाको सहयोगमा पाठ्यक्रम विकास केन्द्रबाट निर्माण गरिएका कक्षा १-३ का गणित विषयको स्वअध्याय सामाग्री वितरण र सो को प्रयोगका बारेमा सहजिकरण गरिएको थियो । कार्यक्रमको सहभागिहरुले परियोजना शैक्षिक गुणस्तर सुधार गर्न परियोजना निकै महत्वपूर्ण रहेको बताए।
गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु खत्री क्षेत्री अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा समन्वय इकाई तनहुँका प्रमुख उद्ववराज कट्टेल, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका शाखा अधिकृत प्रकाश कुमार खरेलले प्रारम्भिक कक्षा १, २ र ३ का बालबालिकाहरुका लागि गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाइ सुदिृढिकरणका लागि शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने काम राम्रो रहेको बताए । गणित विषय अफैमा कठिन विषय हो भन्ने बुझाईलाई कम गर्दै गणित रमाइलोसंग गर्दै सिक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिन अनुरोध गरे ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले कुनै पनि कार्यक्रम गाउँपालिकासँगको समन्वयमा गर्दा दोहोरो नहुने र प्रभावकारिता समेत बढ्ने बताउँदै यो परियोजनाको माध्ययमबाट भएको र भावि दिनमा समेत समन्वय र सहकार्यमा शिक्षा क्षेत्रमा लाग्न जोड दिए ।
त्यस्तै शिक्षा शाखा प्रमुखले आइमिन परियोजनाले प्रारम्भिक कक्षा १, २ र ३ का बालबालिकाहरुका लागि गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाई सुदिृढिकरणका लागि शिक्षकहरु तथा विभिन्न सरोकारवालाहरूकाको क्षमता अभिबृद्धि गर्ने उद्देश्य परियोजनाको रहेको परियोजना अधिकृत रविन्द्र आचार्यले बताए ।










