जनैपूर्णिमा र गाईजात्रा साउन २७ मै : नेपाल पञ्चाङ निर्णयक समिति

नेपाल पञ्चाङ निर्णयक समिति साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने बताएको छ ।

शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता टिकाटिप्पणीबाट कुनै पनि भ्रममा नपर्न र कुनै सन्देह नराखी आफ्ना कृत्यहरु गर्न गराउन समितिले सबैलाई आग्रह गरेको छ ।

बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले त्यसको भोलिपल्ट शुक्रबार जनैपूर्णिमा तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ । यसअघि २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४, १९९४ सालमा पनि यसपालिको जस्तै तिथिको अवस्था परेको समितिले स्मरण गराएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker