आँवुखैरेनी अस्पतालमा आँखा उपचार केन्द्र सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आवुखैरेनी गाउँपालिकाले आँख उपचार केन्द्र सुरु गरेको छ । नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेव प्रधान नेत्रविज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पताल चितवन र आँबुखैरेनी गाउँपालिकाको संयुक्त सहकार्यमा आँवुखैरेनी अस्पतालमा सोमबारबाट आँखा उपचार केन्द्र सुरु गरेको हो ।

आँखा उपचार केन्द्रको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छोटो अवधिमा स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गरिएको बताए । गाउँपालिकाको अस्पतालमा उपचार सम्भव नभएर अन्यत्र लैजानु पर्दा र्सवसाधारणले उपचार सेवा लिन झेल्दै आएको समस्या समाधान गर्ने लक्ष्यका साथ पालिकामै यो सेवा सञ्चालनमा ल्याएको बताए ।

‘आँबुखैरेनी अस्पताललाई जति सक्दो चाँडो स्वास्थ्य बीमामा सूचिकृत गर्न लागेका छौ’, अध्यक्ष चुमानले भने, ‘आर्थिक अभावका कारण उपचार नपाएर मर्नु पर्दैन्, गाउँपालिकाले बिकास तथा अन्य क्षेत्रको खर्च कटाएर भएपनि उपचार गर्ने गरी हामी अगाडि बढेका छौं ।’

‘हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविध दिन्छौ । हामी त भत्ताको लोभले जनप्रतिनिधि हुन आएको त होइन नी’, उनले भने, ‘गाउँपालिका आफैले अस्पताल सञ्चालन गर्दै आएको र उक्त अस्पतालबाट रिफर गरेर बिरामी लैजानपरे एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।’

‘मान्छेले उपचार नपाएर ओछ्यानमै छटपछाउने कुरा हाम्रो लागि स्वीकार्य हुनै सक्दैन’, अध्यक्ष चुमानले भने, गाउँपालिकाले स्वास्थ्य, शिक्षा र रोजगारीमूलक क्षेत्रमा जोड दिएको छ । पूर्वाधारका विकास निर्माण प्रदेश र संघ सरकारले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेव प्रधान नेत्रविज्ञान अध्ययन संस्थानका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल, सोही संस्थाका सदस्य रामप्रसाद कँडेल, भरतपुर आँखा अस्पतालका अध्यक्ष कृष्णराज पौडेल, भरतपुर आँखा अस्पताल चितवनका डा. पुष्प गिरी, कार्यक्रम संयोजक रमेश घिमिरे लगायतका वक्ताहरुले आँखा उपचार सेवा संचालनसंगै यस क्षेत्रका नागरिकले अबका दिनमा सहज रुपमा उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

भरतपुर आँखा अस्पतालले दुइ र गाउँपालिकाबाट एक जना कर्मचारी व्यवस्थापन गरी सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले बताए। उनले भने, ‘गाउँपालिकाले बार्षिक ६ लाख रुपैयाँ दिने र टिकट दस्तुरबाट संकलन भएको रकमको २० प्रतिशत गाउँपालिकालाई फिर्ता गर्ने गरी आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।’

आँवुखैरेनीमा उक्त सेवा संचालनमा ल्याएसंगै गोरखा, चितवन र तनहुँ छिमेकी पालिकाका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउने छन् । गाउँपालिका परिसरमा पन्ध्र शैय्याको आँबुखैरेनी अस्पताल संचालनमा ल्याएपछि गोरखा, चितवन र तनहुँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउँदै आएका छन् । अस्पतालमा एक जना एमडिजिपी, दुइ जना मेडिकल अधिकृत र स्वास्थ्यकर्मीले बिरामीलाई सेवा दिदै आएको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker