कांग्रेस नेता भट्टराइद्वारा तनहुँ १ बाट उम्मेदवारी दाबी

भञ्ज्याङ समाचारदाता/दमौली

वन्द भट्टराइले आगामी संघीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट संघीयतर्फ आफूले टिकट पाउनु पर्ने दाबी गरेका छन् । व्यास नगरपालिका-११ बेलटारीमा नेपाल महिला संघ वडा कार्य समितिले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्ब्बोधन गर्दै भट्टर्राईले अबको संघीय निर्वाचनमा आफु म्मेदवारी बन्ने र टिकट पाउनुपर्नेमा जोड दिएका हुन् ।

‘पाकाहरुले समानुपातिकमा बसेर अवसर नपाएका र योग्यहरुलाई उम्मेदवार बनाउनु पर्छ’, उनले भने, ‘हालै सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण गर्दा देशैभरीको मतदाताको चाहाना नयाँ उम्मेदवारलाई जिताउँ भन्ने भएको र सो चाहाना अनुसार आफू योग्य छु ।’ राजनीतिमै लागेको ४४ वर्ष भईसक्दा पनि एकचोटी पनि संसदीय निर्वाचन लड्ने अवसर आज सम्ममा नपाएकोले यसपटक आफूले पाउनु पर्ने भट्टराइको जिकिर थियो ।

महिला संघ वडा कार्य समितिको सभापति इन्दिरा अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रम व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, नेपाली काँग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, नेपाल महिला संघको अध्यक्ष पवित्रा पौडेल, व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै, नेपाली काँग्रेस व्यास नगर उपसभापति शोभा वडु, वडाध्यक्ष दलबहादुर दुरा लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker