एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित, महासचिवमा सन्तोष कुँवर

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी भएका छन । शनिबार अन्य दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।

संघको मुख्य पदमा पोखरेलकै टिमले बाजी मारेको छ । संघको महासचिवमा सन्तोष कुँवर र सचिवमा थिर बहादुर गुरुङ निर्वाचित भएका छन् ।

यस्तै संघको एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर निर्वाचित भएका छन् । महासचिव र सचिव दुवै पोखरेल प्यानलबाटै निर्वाचित भएका हुन् ।

संघको कोषाध्यक्षमा अर्जुन गौतम र सह कोषाध्यक्षम रोजी पन्त निर्वाचित भएका हुन् । उनीहरू पनि पोखरेलकै प्यानलबाट चुनावमा उठेका थिए ।

एक दशक देखि एनाअरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शिता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोस्रो कार्यकालमा आफू निर्विरोध निर्वाचित भएको पोख्रेलले बताउँदै आएका छन् ।

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो ।

त्यसबाहेक कोषाध्यक्षका रूपमा उनले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न समेत सफल भएका थिए ।

एनआरएनलाई संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker