तनहुँको बन्दिपुरकी उपाध्यक्षका उम्मेदवार केशुको प्रतिवद्धता सार्वजनिक (के के छन् ? प्रतिवद्धता)
भञ्ज्याङ न्यूज
नेकपा एमाले र जोशी समुहबाट बन्दिपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार बनेकी केशुमाया गुरुङले चुनावी प्रतिबद्धता सार्वजानिक गरेकी छन् ।
उम्मेदवार गुरुङले गाउँपालिका सुशासन र भ्रष्टाचारमुक्त एवं समृद्ध बन्दिपुर बनाउने, युवाहरुलाई तालिम रोजागरी दिने, बन्दिपुर गाउँपालिकालाई पर्यटनको नमुनमा केन्द्र बनाउने, किसानका उत्पादित बस्तुलाई बजारीकरण गर्ने, उत्पादनको आधारमा अनुदान दिने, मजदुरलाई उचित सेवा सुबिधा दिएर पेशामा टिकाइराख्ने जस्ता विषय प्रतिवद्धता पत्रमा समावेश गरेकी छन् ।
प्रतिवद्धता पत्रमा बेरोजगार युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्ने सिपमुलक तालिम र सहुलियतपूर्ण ऋण प्रवाह गरी स्वरोजगार बनाउने, उद्योगी व्यवसायीलाई व्यवसायमा कसरी टिकाइराख्ने, शिक्षक र कर्मचारीलाई काममा लगनशिल बनाउने, खेलाडीहरुलाई प्रोत्साहन गर्ने, जनताको सेवामा लगाउने समावेश गरिएको छ । यस्तै, भूमिहिनलाई लाजपूर्जा प्रदान गर्ने र घर बनाउन मद्दत गर्ने थप उद्देश्य रहेको उपाध्यक्षकी उम्मेदवार केशु गुरुङले चुनावी प्रतिबद्धता र्सार्वजानिक गरेकी छन् ।