स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्छ : पूर्वमुख्यमन्त्री गुरुङ

भञ्ज्याङ समाचारदाता/घिरिङ

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्ने बताएका छन् । नेकपा (एमाले) घिरिङ गाउँ कमिटीले बुधबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गुरुङले एमालेले जितेका पालिकालाई सुशासनमा नमूना बनाउनुपर्नेमा जोड दिएका हुन् ।

‘सबै पक्षलाई मिलाएर लैजान सकेमात्र विकास हुन्छ’, गुरुङले भने, ‘मेलमिलापले मात्रै विकास सम्भव छ । जहाँ मेलमिलाप छ त्यहाँ विकास भएको छ, जहाँ झैझगडा छ त्यहाँ विकास हुँदैन, झैझगडा भए सुशासन पनि हुँदैन । विकासको काममा विपक्षीलाई पनि मिलाएर लैजानपर्छ ।’

गुरुङले भ्रष्टाचार नियन्त्रणका लागि नायक भएर काम गर्नुपर्ने बताउँदै भ्रष्टाचार देश विकासको बाधक भएकाले भ्रष्टाचार नियन्त्रणका लागि संकल्प गर्नुपर्नेमा जोड दिए । ‘सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पनि जनप्रतिनिधिले रक्षा गर्ने गर्नुपर्छ’, उनले भने, ‘सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेमा हाम्रै पार्टीका कार्यकर्ता पनि छन्, त्यसको प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’

गुरुङले हरेक काम पारदर्शी हुनुपर्नेमा जोड दिँदै पारदर्शी भए मात्र सुशासन सम्भव रहने धारणा व्यक्त गरे । ‘जालझेल गरेर शासन चलाउन हुँदैन, विधिको शासन ठूलो कुरा हो’, उनले भने, ‘कानून र विधिलाई ख्याल गर्नुपर्छ ।’ उनले सनकका भरमा शासन गर्न नहुने भन्दै संविधानलाई टेकेर शासन गर्नुपर्ने सुझाव दिए ।

गुरुङले स्थानीय सरकारलाई सबैको सरकार हो भन्ने बनाउनुपर्ने बताए । ‘पालिका हाम्रो हो भन्ने जनतालाई अनुभूति गराउनुपर्छ, दलित, जनजाति, सबै जातजातिलाई अपनत्व दिलाउनुपर्छ’, उनले भने, ‘विकासमा भेदभाव गर्न पाइँदैन । समावेशी विकास गर्नुपर्छ ।’

कार्यक्रममा नेकपा -एमाले) का स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेले जितेका पालिकालाई नमूना बनाउनुपर्नेमा जोड दिए । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सबै जनतालाई हाम्रो सरकार हो भन्ने अनुभूति दिलाउने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker