जो जहाँ छ त्यही चाडपर्व मनाउनुस्, सावधानी र सचेत रहन जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँको आग्रह

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले चाडपर्व मनाउँदा सावधानी अपनाउन र सचते रहनका लागि आग्रह गरेको छ । समुदायमा कोरोना भाइरस -कोभिड-१९) फैलदो क्रममा रहेको र नेपालीका ठूला चाडपर्वहरु पनि नजिकिएको हुँदा सावधानी र सचेत रहन आग्रह गरेको हो ।

नजिकिदै गरेको नेपालीहरुको महान चाड बडा दशै, तिहार, छठ लगायतका चाडपर्वहरु मनाउने सर्न्दर्भमा विश्वव्यापी फैलिएको कोभिड-१९ संक्रमणको जोखिम तनहुँ जिल्लामा पनि बढिरहेको अवस्था भएकाले जोखिम कम गर्दै र जोखिमबाट बच्दै चाडपर्व मनाउनुका साथै दैनिक आर्थिक क्रियाकलाप पनि सुचारु रुपमा सञ्चालन भइरहेकोले सबैले आ-आफ्नो क्षेत्रबाट सचेत र सावधानी अपनाउन भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विहीबार चाडपर्वमा सावधानी अपनाउने सम्बन्धी सूचना जारी गर्दै चाडपर्व मनाउँदा सकभर जो जहाँ रहेका छौ, सोही ठाउँमा रहि अनावश्यक जमघट र यात्रा नगरी आफ्नै परिवारका सदस्यहरुबीच घरमै मात्र मनाउन भनिएको छ ।

जिल्ला भित्र कुनै प्रकारका मेला, जात्रा, महोत्सव तथा अनावश्यक भीडभाड हुने जमघट, चियापान र शुभकामना आदान प्रदान कार्यक्रम नगर्न संकट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ ।

जारी सूचनामा जुवातास खेल्ने लगायतका कानूनले निषेधित गरेका कार्यहरु नगर्ने नगराउने, सवारी साधानहरुमा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी यात्रु नराख्न र सबै किसिमका स्वास्थ्य सुरक्षा मापदण्डा अनिवार्य रुपमा पालना गर्ने गराउने भनिएको छ ।

बजारमा भिडभाड नगर्ने, सामाजिक भौतिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क लगाउने, नियमित रुपमा साबुन पानीले पटक पटक हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता न्यूनतम स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने भनिएको छ ।

उद्योग, व्यापार, लगायतका व्यवसाय गर्दा नेपाल सरकारले तोकेका न्यूनतम स्वास्थ्य र सुरक्षाको मापदण्डको अनिवार्य पालना गर्ने गराउने, पूजापाठलाई घरघरमै सिमित गर्ने राउने, मन्दिर र तीर्थस्थलहरुमा पुजारीबाट मात्र नित्य पूजापाठ गाराउने बाहेक मठ मन्दिरहरु खुला नगर्ने नगराउने भनिएको छ ।

यस्तै, सूचनामा विदाका समय भनि समूहमा घुमफिर नगर्ने, नगराउने, खेलकुद र साँस्कृतिक कार्यक्रम, देउसी भैलो नखेल्ने, नखेलाउन भनिएका छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker