व्यासलाई बालमैत्री नगर घोषणा अभियानमा छौ : नगरप्रमुख न्यौपाने

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानमा रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताएका छन् । बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख न्यौपानेले नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न तत्काल वडा नं. २, १३ र १४ मा अभियान अगाडि बढाइएको जानकारी गराए ।

‘सबै वडा र टोलमा एकैसाथ अभियान अगाडि बढाउँदा प्रभावकारी नहुने हुँदा वडावडालाई विभाजन गरी अभियान सफल बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको छ’, नगरप्रमुख न्यौपानले भने, ‘बालमैत्री नगर घोषणा अभियानका लागि वडा, टोलमा बालक्लव गठन गरिएको र यो अभियान सबै वडामा चलिरहेको छ ।’

सबै बालबालिकको पहुँचमा शिक्षा, स्वास्थ्यका साथै बालबालिकाको हक अधिकारको क्षेत्रमा काम गर्नु यो अभियानको मुख्य उद्देश्य रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । उनले भने, ‘बिकास कार्यमा बालमैत्री वडा घोषणा गर्ने, बाल संरक्षण र बालसहभागिता लगायतका क्षेत्रमा अभिभावक, समाज, टोल, वडा, नगरले कस्तो खालको भुमिका खेल्न सकिन्छ र कसरी जिम्मेवार बन्ने भन्ने विषयमा अभिमुखिकरण कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

कार्यक्रमका विषयमा सहजिकरण गर्दै शिक्षा शाखा प्रमुख नरेन्द्र रेग्मीले बालमैत्री घोषणाका लागि केही महत्वपूर्ण सुचकहरू पूरा गर्नुपर्ने बताए । ति सुचकहरूलाई पूरा गर्न सक्यौं भने हाम्रो लक्ष्य पुरा भएमात्रै अभियान सफल हुने उनले बताए । बालमैत्री नगर घोषणाका लागि अवलम्बन गर्नुपर्ने क्रियाकलापका विषयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका रामनाथ भट्टराइ, लक्ष्मी गुरूङ लगायतले सहभागिहरुलाई सहजिकरण गरेका थिए ।

वडा अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख मिरा जोशी, वडा सदस्य कल्पना पोख्रेल, वडा सचिव पम्फा बस्नेत लगायतले बालमैत्री नगर अभियानलाई सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहकार्य गर्न आग्रह गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker