मेयर उम्मेदवार जोशी माथी आक्रमण, रिस्तीमा पुनः मतदान गर्न माग, मतगणनामा सहभागी नहुने

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाको मेयर पदका उम्मेदवार दीपकराज जोशी माथी आक्रमण गरिएको छ । व्यास नगरपालिका-८ रिस्ती स्थित साविक गाविस भवनमा कायम गरिएको मतदान केन्द्र निरीक्षणका लागि पुगेका उम्मेदवार जोशी माथि आक्रमण गरिएको हो ।

मतदान केन्द्रमा रहेका कांग्रेस कार्यकर्ताको आक्रमणबाट घाइते मेयरका उम्मेदवार जोशीलाई उद्धार गरी दमौली अस्पतालमा उपचारका लागि ल्याइएको थियो । थप उपचारका लागि काठमाडौं लग्ने तयारी गरिएपनि मौसमको खराबीका कारण त्यो सम्भव नभएपछि उनलाई शुक्रबार साँझ पोखरा लगिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूलाई मार्ने प्रयास भएको उम्मेदवार जोशीले बताएका छन् । मतदान कार्यको निरीक्षणका लागि मतदान केन्द्रमा पुग्दा आफु माथि ढुंगा र धारिलो हतियारबाट आक्रमण गरेको उनले बताएका छन् ।

मतदानस्थलमा एजेन्ट किन छैन भनेर मतदान अधिकृतसँग सोध्दा आफूमाथि एकैचोटि हमला भएको जोशीले बताए । उनले भने, ‘बहुदलीय व्यवस्थामा वरिष्ठ नेताको गाउँमा मलाई मार्ने प्रयास भयो, यो कार्यको म भर्त्सना गर्दछु ।’

यस्तै, नेकपा एमाले र गोविन्दराज जोशी समूहले व्यास नगरपालिका-८ रिस्तीमा पुनः मतदान गर्न माग गरेका छन् । नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समूहका तर्फाट हरिशरण पण्डितले शुक्रबार साँझ प्रेस विज्ञप्ती र्सार्वजनिक गरी गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रक्रिया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान गर्न माग गरेका हुन् ।

मतदानका क्रममा भएका प्रक्रियाहरु छानबिन गरी पुनः मतदान हुने स्थिति नहुँदासम्म अन्य मतदान केन्द्रका मतपेटिकाका मतहरु समेत गणना नगर्न अनुरोध गर्दै मतगणनामा सहभागी नहुने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) मा बिहानैदेखि प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपाने पक्षधर व्यक्तिहरुले मतदान केन्द्र नियन्त्रणमा लिई एकलौटी मतदान गरी मतदान केन्द्र कब्जा गरेको आरोप लगाइएको छ ।

शान्ति सुरक्षाको स्थिति बिगारेको, वडाध्यक्ष, सदस्यका उम्मेदवारहरु, दीपकराज जोशी र नेकपा एमालेका एजेन्टहरुलाई कुटपिट गर्दै मतदानस्थलमा बस्न नदिई लखेटिएको र शान्ति सुरक्षाको स्थिति सुधार गर्न दीपकराज जोशी र नेकपा एमालेका नेताले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई पटक पटक जानकारी गराउँदा समेत वेवास्ता गरी एकलौटी रुपमा भोट हाल्न मौन र्समर्थन दिँदा उक्त परिस्थिति उत्पन्न भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker