तीज पर्वमा भडि्कलो नगर्न प्रशासनको आग्रह
भञ्ज्याङ समाचारदाता/दमौली

हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भडि्कलो गरी नमनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भडि्कलो र खर्चिलो नबनाउन सूचना जारी गरी जिल्लाबासीलाई जानकारी गराएको हो ।
कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिकरूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र भडि्कलो कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसँगै आफ्नो परम्परा, सामाजिक रीतिरिवाज अनुरूप मनाउन आग्रह गरिएको उनले बताए ।










