तनहुँ मासु व्यवसायी समितिको अध्यक्षमा बस्नेत

तनहुँ मासु व्यवसायी समिति तनहुँको अध्यक्षमा अभिमानसिंह बस्नेत सर्वसम्मत चयन भएका छन् । दमौलीमा बुधबार सम्पन्न छैठौं अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार श्रेष्ठ, उपाध्यक्षमा रामचन्द्र विक, सचिवमा मुवारक हुसेन, कोषाध्यक्षमा मन बहादुर केसी र सहसचिवमा शेर महम्मद चयन भएका छन् । यस्तै समितिको सदस्यहरूमा किरण थापा, विष्णु कुँवर, हुसन तारा खातुन, सजाद हुसेन र सुर्यकुमार श्रेष्ठ चयन भएको निर्वाचन संयोजक त्रिभुवन श्रेष्ठले जानकारी गराए ।

समितिको अधिवेशन उद्घाटन समारोहमा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले अधिकांशको भान्सामा पुग्ने मासु स्वस्थ, सफा, ताजा र गुणस्तरीय हुनुपर्ने बताइन् । मानिसको स्वास्थ्यसँग जोडिएको विषयमा गम्भिर हुन व्यवसायीहरुलाई आग्रह गरिने ।

व्यास नगरपालिकाले हरेक किसिमका व्यवसायीलाई सेवा सुविधा, अनुदान दिंदै आएको बताउँदै उनले अनुदान कार्यक्रममा सहभागि हुनका लागि व्यवसायीहरू सबै करको दायरामा आउन आग्रह गरिन ।

कार्यक्रममा व्यास नगरपालिका वडा नं ३ का अध्यक्ष अनुप राना, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरी, कानुनी सल्लाहकार त्रिभुवन श्रेष्ठ, होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष दुर्गा बिलास भट्टराई, क्षेत्रीय होटल संघ तनहुँका प्रथम उपाध्यक्ष चन्द्र कुमार कायस्थ लगायत आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

समितिका अध्यक्ष जीवन शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव मुवारक हुसेन र कोषाध्यक्ष अभिमान सिंह बस्नेतले प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पास गरिएको थियो। तनहुँका २५० मासु व्यवसायी समितिमा आवद्ध रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker