“हाम्रो शिक्षा अंक गणितीय रुपमा मात्रै सिमित बन्यो” : प्रमुख प्रशासकीय अधिकृत अंगाई

नेपालको शिक्षा प्रणाली पराम्परागत तरिकाले चलिआएको छ । केही कुरा परिमार्जन भएपनि अपेक्षा गरेअनुसार परिमार्जन हुन सकेको छैन। शिक्षालाई सीपसंग, व्यवसायसंग जोड्नुपर्ने थियो तर, सो अनुसार भएको देखिदैन । शिक्षालाई अहिले विश्लेषण गर्दा धेरै मान्छेले पढ्ने तर आफ्नो शैक्षिक योग्यता अनुसार जागिर नपाउने, जागिर नपाएपछि विदेशमा शिक्षा आर्जन गर्न जाने अवस्था भइरहेको ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई बताउँछन् ।
‘उच्च शिक्षा अध्ययनका लागि विदेशमा गएर आर्जन गरेको शिक्षाले पनि खासै योगदान दिएको देखिदैन र स्वादेश फर्किएर पनि कुनै कुरामा योगदान दिएको देखिदैन’, उनले भने, ‘यस्ता समस्या समाधानका लागि मुख्य कुरा शिक्षा क्षेत्रमा रहेका त्रुटीको पहिचान गरी सुधार गर्नुपर्छ । शिक्षासंगै उनीहरुलाई स्वभलम्बि बनाउने, आत्मनिर्भर बनाउने शिक्षा पद्धति बिकास गर्न सक्यौ भने केही न केही रुपमा विद्यार्थीले राहत महशुस गर्ने र जीवनमा आफुलाई सक्षम बनाउन सक्छन् । हालका दिनमा हेर्ने हो भने नेपालको शिक्षा अंकगणितीय रुपमा मात्रै सिमित छ । जसले विद्यालय वा कलेजमा उच्च अंक ल्यायो उसलाई राम्रो मान्ने तर शिक्षा पढिसकेपछि अंक राम्रो नल्याएपनि जीवनमा राम्रो तरिकाले स्वभलम्बि बन्यो भने त्यसलाई उचित ठान्ने अहिल पनि परिपाटीे छैन । शैक्षिक विद्धनहरुले पनि शिक्षालाई कतापटि लैजाने स्पष्ट रुपमा सुझाव दिन सकेका छैनन् ।’‘ऋषिङ गाउँपालिकाले विद्यार्थीलाई भोलीका दिनमा कसरी जीवनमा सहज तरिकाले बाँच्न सकिन्छ ?, अंक त राम्रो ल्याउनु पर्छ नै त्यसको साथसाथै बाँच्ने आधारपनि सिकाउनुपर्छ भन्ने नीति तयार पारेको छ’, उनले भने, ‘त्यसका लागि विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम आवद्ध गराउने कोशिस भएको छ । हाम्रो यस क्षेत्रमा च्याउ खेती राम्रो हुन्छ त्यसैले विद्यार्थीलाई पढ्दै च्याउ खेतीमा पनि आवद्ध गराउन सकियो भने त्यसलाई बेचेर राम्रो जीवन जिउने आधार बनाउन सकिन्छ जस्तो लाग्छ ।’
‘शिक्षा क्षेत्रमा स्पष्ट योजनाको त कमी नै छ तर, केही योजना नै नबनाई अगाडि बढिएको पनि छैन । हाम्रो यही भेटेरिनरीको पढाई हुन्छ । पालिकामा २ जनाको दरबन्दी छ र पढ्ने ५ जना छन् । यहाँ नाम निकालेर पढ्न आउने सबै बाहिराका छन् स्थानीय छैनन् । स्थानीय पनि भइदिएको भए स्थानीय आवश्यकताको पहिचान गर्न सहज हुने थियो’, प्रमुख प्रशासकीय अधिकृत अंगाइले भने, ‘यो सरकारी सेवा मात्रै होइन भेटेरिनरी औषधीहरुदेखि लिएर बाहिरा पनि पठाउन सक्छौ जस्तो लाग्छ। बिगतका दिनमा केही कमि कमजोरी देखिएपनि आगामि दिनहरुमा स्पष्ट योजना बनाएर अघि बढ्ने योजना गाउँपालिकाले बनाएको छ ।’










