तनहुँबाट बुद्धिचाल र टेवलटेनिस खेलाडी छनोट

भञ्ज्याङ समाचारदाता/दमौली

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट बुद्धिचाल र टेवलटेनिस खेलका लागि खेलाडी छनोट गरिएको छ । जिल्ला बुद्विचाल संघ तनहुँले शनिबार दमौलीमा आयोजना गरेको प्रतियोगितामा बुद्धिचाल खेलमा तनहुँबाट तीन जना खेलाडी छनोट गरेको हो । उक्त खेलमा बन्दिपुर गाउँपालिकाका रामबहादुर थापा प्रथम, म्याग्दे गाउँपालिकाका रुचन कायस्थ द्धितीय र व्यास-४ का नरेन्द्र न्यौपाने तृतीय भएका छन् ।

गण्डकी प्रदेशमा हुने प्रतियोगितामा भाग लिनको लागि उनीहरु छनोट गरिएको जिल्ला बुद्विचाल संघ तनहुँका अध्यक्ष भरत पोख्रेलले जानकारी दिए । प्रतियोगितामा १६ टीम सहभागि भएका थिए । यस्तै, नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट पाँच जना टेवलटेनिस खेलाडी छनोट गरिएको छ ।

शनिबार सञ्चालन गरिएको प्रतियोगिताबाट व्यासका बालकृष्ण तिवारी, रामदास उपाध्याय, भानुका गणेश खत्री, ऋषिङका प्रकाश गिरी, म्याग्देका मनिष थापा छनोट भएको खेल संयोजक भूपेन्द्र कोइरालाले बताए । असोजमा सञ्चालन हुने प्रतियोगिताका लागि जिल्लामा भलिबल लगायतका खेलका खेलाडी छनोट कार्य सञ्चालन भइरहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker