फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही माविलाई

तनहुँको शुक्लागण्डकीमा आयोजना गरिएको ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही माध्यमिक विद्यालयले जितेको छ । शनिवार भएको फाइनलमा बाराहीले पोखराको सिद्धीविनायक माविलाई टाइब्रेकरमा ३-२ ले पराजित गरेको हो । निर्धारित समयमा २-२ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको हो ।

उपाधीसँगै बाराही माविले नगद १५ हजार र द्धितीयमा चित्त बुझाएको सिद्धिविनायक माविले नगद १० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा उत्कृष्ट गोलकिपर बाराहीका पुजन विक र उत्कृष्ट खेलाडी बाराहीकै चर्चित अधिकारी घोषित भएको विद्यालयका प्रिन्सीपल सुरेश पौडेलले जानकारी दिए । उनीहरुलाई विद्यालयका संस्थापक बाबुराम कार्की, सेराटोल विकास संस्थाका अध्यक्ष लाल बहादुर कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए।

शुक्लागण्डकी-५ बेलचौतारामा रहेको ज्ञान बगैंचा इङ्लीस बोर्डिङ स्कुलको आयोजनामा एसइइ दिएर बसेका विद्यार्थीबीच एक आपसमा परिचय र सामिप्यताका लागि प्रतियोगिता गरिएको हो । एडिएसल फुटसल बेलचौतारामा भएको प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो । ज्ञान बगैचामा गएको वर्षदेखि कक्षा ११ र १२ को अध्यापन शुरु गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker