व्यास नगर महिला हाफ म्याराथनको उपाधी जुम्लाकी पूर्णलक्ष्मीले जितिन

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको व्यास नगर महिला हाफ म्याराथनको उपाधी जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित तेश्रो महिला हाफ म्याराथनको २१ किलोमिटरको दुरी जर्सी नं. ०३२ की न्यौपानले १ घण्टा ४७ मिनेटमा पार गर्दै उपाधी जित्न सफल भएकी हुन् । २८ वर्षीया न्यौपाने त्रिभुवन आर्मी क्लवकी हुन् ।

व्यास नगरपालिकाको वडा नं. ३ स्थित व्यासगुफादेखि वडा नं. ११ को तनहुँसुरसम्मको २१ किमि दूरी १ घण्टा ५२ मिनेटमा पार गर्दै सोलुखुम्बुकी जर्सी नं. ००४ की अनिता राइ द्धितीय भएकी छन् । प्रतियोगितामा उक्त दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै जुम्लाकी जर्सी नं. ०२६ की विश्वरुपा बुढा तृतीय भएकी छन् ।

४ जना विदेशी महिला सहित ६४ जनाको सहभागिता रहेको दौड प्रतियोगितामा उक्त दुरी गुल्मीकी गिता विकले १ गण्डा ५९ मिनेटमा, गोरखाकी अमृता गुरुङले २ घण्टा ९ मिनेटमा र नवलपरासीकी सिमा चौधरीले २ घण्टा १५ मिनेटमा पार गरी सानत्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा प्रथमलाई ४१ हजार ७९, द्वितीयलाई ३१ हजार ७९, तृतीयलाई २१ हजार ७९ रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । सानत्वना स्थान प्राप्त गर्ने तीन जनालाई जनही ११ हजार रुपैयाँ प्रदान गरिएको छ ।

गत वर्षको प्रतियोगितामा नेपालकी किर्तिमानी धाविका सशस्त्र प्रहरी बल (एपीएफ)की खेलाडी कान्छीमाया कोजुले उपाधी जितेकी थिइन् । नेपाल प्रहरीकी रेखाबम विष्ट द्वितीय र व्यास-१० की नम्रता गुरुङ तृतीय भएका थिए ।

व्यास गुफादेखि अनशन चौतारी, दुर्गा मन्दिर, भोर्लेटार चोक, गणेशमान चोक, वन कार्यालय, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, बाराहीरानी मार्गको रानी गाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यार चोक, चण्डिथान, गद्दीचौतारा हुँदै व्यास-११ स्थित ऐतिहासिक तनहुँसुर दरबारसम्म पुगेर दौड पुरा भएको व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले बताइन् ।

धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलका रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरु बीच यो प्रतियोगिता गरिएको उनले बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker