राधा माविले जित्यो राष्ट्रपति रनिङशिल्डको उपाधि

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङशिल्डको उपाधि राधा माध्यमिक विद्यालय जामुनेले जितेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हासिल गर्दै राधाले उपाधि जितेको हो ।

प्रतियोगितामा मिन माध्यमिक विद्यालय द्वितीय र गणपति माध्यमिक विद्यालय तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा भलिवल, कवड्डी, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड र १५०० मिटर दौड, रिले दौड १०० र २०० मिटरको, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, छेलो हान्ने र भाला फाल्ने खेल सञ्चालन गरिएको थियो ।

विजेतालाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विद्यालय स्तरदेखि नै खेल खेल्दा वृद्धि विकासमा सहयोग पुग्ने बताए । उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिने गरी कार्यक्रम अगाडि बढाएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker