सत्यनारायण श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न फोनिजको माग
भञ्ज्याङ न्यूज

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन भनि स्थापित गरियोस भन्ने माग सहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँका अध्यक्ष किरण श्रेष्ठले नेपाल पत्रकार महासंघ तनहुँ शाखा मार्फ नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र र स्व. श्रेष्ठको तस्बिर बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल मार्फत महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रमाण हुँदा हुँदै कृष्ण प्रसाद भट्टराइ संस्थापक अध्यक्ष भनेको भन्दै यस्तो कदम प्रति विमति रहेको भन्दै ज्ञापनपत्र बुझाएका छन् ।
२००८ साल वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुनःगठन गरेको इतिहास रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तर २०१२ चैत्र १६ गते पुनःगठन हुँदा कृष्णप्रसाद भट्टराइ सभापति बनेका थिए ।
तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्ण प्रसाद भट्टराइलाई संस्थापक अध्यक्ष भनेर भट्टराइको अपमान गरेको भन्दै २०१२ सालमा महासंघको नेतृत्व गर्ने स्व. भट्टर्राईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासलाई नबंग्याइ तथ्य स्थापित गर्नु रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यता नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले ज्ञापन पत्र बुझदै संस्थापक अध्यक्षको विषयमा बहस र छलफल चलेको र पछी महासंघ केन्द्रको निर्णय अनुसार अघि बढ्नुपर्ने बताए । उनले तत्काल केन्द्रिय समितिमा ज्ञापन पत्र पठाउने समेत बताए ।










