स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा आँवुखैरेनी गाउँपालिका प्रथम स्थानमा

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा तनहुँको आँबुखैरेनी गाउँपालिका अग्रस्थानमा रहेको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधि, २०७७ बमोजिम ८६ दशमलव ५ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो ।

आँबुखैरेनी गाउँ कार्यपालिकाको आ.व. २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कन नतिजा र जिल्ला समन्वय समिति तनहुँको मुल्याङ्कन प्रणालीमा उक्त नतिजा हासिल गरेको छ । उत्कृष्ट नतिजा प्राप्त गरेर तनहुँका दश वटा स्थानीय तहमा पहिलो र गण्डकी प्रदेशमा तृतीय भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए ।

मूल्याङ्कन विषय क्षेत्रमा योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९७.६२, कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा ८४.४८ स्कोर प्रतिशत प्राप्त गरेको छ । यस्तै, लेखाङ्कन तथा प्रतिवेदनमा ९४.१२, अनुगमन, मुल्याङ्कन तथा लेखापरीक्षणमा ७१.८८ र राजश्व व्यवस्थापनमा ८२.३५ प्रतिशत अंक प्राप्त गरेको छ । मुल्याङ्कनमा गाउँपालिकाले उत्कृष्ट स्कोर प्राप्त गरेसंगै अझ अघि बढ्न थप हौसला मिलेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

आँबुखैरेनी गाउँपालिकाले बिशेष गरेर शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य सेवामा पहुच विस्तार लगायत पर्यटन क्षेत्रको प्रवर्द्वनमा राम्रो काम गर्दै आएको छ । सामुदायिक विद्यालयको सुधार योजना अस्पताल संचालन ऐना पहरा, छिम्केश्वरी मन्दिर लगायतका स्थानमा पर्यटन पुर्वाधार पालिकाले काम अगाडि बढाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker