अनधिकृत रुपमा तनहुँको सुंढे र बुल्दी खोला पुल उद्घाटन गरिएको भन्दै मन्त्री गुरुङद्वारा आपत्ति (विज्ञप्ति सहित)

भञ्ज्याङ न्युज (दमौली)

गण्डकी प्रदेशका आर्थिक मामिल तथा योजनामन्त्री किरण गुरुङले सुढे र बुल्दी खोला पुल उद्घाटन अनधिकृत रुपम भएको भन्दै आपत्ति जनाएका छन् । सम्बन्धित कार्यालयको समन्वय र बिना जनकारी तनहुँका दुइ वटा पुल उद्घाटन गरिएका भन्दै उनले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङले व्यास नगरपालिका र ऋषिङ जोड्ने सुढे र व्यास नगरपालिका बुल्दीखोला माथि निर्माण भएको पुलको सम्बन्धित कार्यालयलाई जानकारी नदिई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फ उद्घटन गराइएकामा आपत्ति जनाएका हुन् ।

सुंढु पुल संघ सरकार र बुल्दी खोल पुल प्रदेश सरकारको स्वामित्वमा रहेको भन्दै उनले सम्बन्धित कार्यालयसंग जाकारी र समन्वय नगरी अपारदर्शी ढंगले राजनीतिक बल मिच्यइका आधारमा पुलको उद्घाटन गर्दै हिंड्नु भनेको गलत प्रक्रिया मात्रै नभई आफैमा खेदजनक विषय भएको विज्ञप्तिमा भनेका छन् ।

अगामि दिनमा यस्ता काम कहींकतैबाट पनि नहोस् भन्दै उनले सरोकारवालाको ध्यानाकर्षा समेत गराएका छन् । ‘सम्बन्धित सरकार र कार्यालयसंगको समन्वय नै नगरी नेपाली कांग्रेस पार्टीको दलबल सहित कथित उपभोक्ता समितिको आयोजनामा अनाधिकृत रुपमा दुइवटा पुल उद्घाटन गर्नु भनेको आफैमा हास्यास्पद र लज्जास्पद कुरा हो’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘अझ यसलाई राजनीतिक प्रतिष्ठा बनाउनु भनेको तनहुँको सिंगो नेपाली कांग्रेस र यसका नेता कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न बहलठ्ठीपूर्ण क्रियाकलाप बाहेक अरु केही होइन ।’

संघीय सरकार र गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम अन्तरगत निर्माण हुने विकास निर्माणका सबै कार्यक्रम र परियोजनाको स्वामित्व सम्बन्धित सरकार र त्यस अर्न्तर्गतका कार्यालय मातहत रहने विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्तिमा तनहुँको ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-३ जोड्ने सुढेस्थित सेतीनदीमाथिको पुल वि.सं. २०७१ असार २९ गते सम्झौता भई २०७७ वैशाख ३० गते निर्माण सम्पन्न भएको उल्लेख गरिएको छ ।

एड्भेन्र कम्पनी प्रलि. भरतपुरले ठेक्का पाएको उक्त पुलको लागत १० करोड ७१ लख २७८ रहेको छ । संघीय सरकारको बजेट र कार्यक्रम अन्तरगत सडक डिभिजन कार्यालय मार्फ पुल निर्माण सम्पन्न भएको भनिएको छ ।

त्यस्तै, व्यास नगरपालिका-१, १० र ११ जोड्ने तालघारे स्थित दुम्सीचौर सडक अन्तरगत बुल्दीखोला सडक साविक जिल्ला प्राविधिक कार्यालय तनहुँबाट सम्झौता भएकामा हाल गण्डकी प्रदेश सरकारको बजेट र कार्यक्रम अन्तगरगत पूर्वाधार विकास कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट निर्माण सम्पन्न भएको हो । उक्त पुल वि.सं. २०७२ फागुन १३ गते सम्झौता भई २०७५ कात्तिक ९ गते सम्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker