प्रधानमन्त्री कार्कीसँग छलफलमा देउवा, ओली र प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको छ।

केहीबेरअघिबाट बालुवाटारमा छलफल सुरु भएको हो। छलफल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।

हिजो सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री तीनै पार्टीका शीर्ष नेताहरूलाई भेटेर बालुवाटार बैठकका लागि निम्ता गरेका थिए। यसअघि प्रधानमन्त्रीले राष्ट्रपति निवासमा तीन दलका शीर्ष नेताहरूसँग संयुक्त रूपमा छलफल गरेकी थिइन्।

प्रधानमन्त्रीले चुनावको वातावरण बनाउने दलका शीर्ष नेताहरूसँग संवाद थालेकी हुन्।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker