दमौलीमा आयोजित आदिवासी जनजाति महोत्सवमा “लण्डन ब्रीज”

दमौली : नेपाल आदिवासी जनजाति महासंघ तनहुँले यही पुस २४ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन गर्ने छैठौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्वटन महोत्सव–२०८२ मा लण्डन ब्रिजको नमून स्थापना गरी मनोरञ्जन प्रदान गर्ने भएको छ ।
‘भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा ऐक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित महोत्सवलाई भव्य बनाउने उद्देश्यले दमौलीका विभिन्न स्थानमा स्वागत गेट, परम्परागत जातीय घर, स्टल निर्माणको कार्य भइरहेको महोत्सव मुल समारोह समिति संयोजक सनम तामाङले जानकारी दिए ।
व्यास नगरपालिका–३ स्थित खुला मैदानमा सञ्चालन हुने महोत्सवमा आइफिल टावर, लण्डन ब्रिजको आभास गर्न पाउने तामाङले बताए । “यी मुख्य आकर्षणको संरचना भएपनि मौलिक संस्कार, संस्कृति संरक्षण प्राथमिकता हो”, उनले भने, “मुनाफाले जीवन्त सांस्कृतिक संग्राहलय निर्माण भएकोले आम्दानी बढाउने विषय प्राथमिकतामा छन् ।”
आइफिल टावर, लण्डन ब्रिजलगायतका संरचनाले दर्शकलाई आकर्षित गर्ने महासंघका सचिव जीवन गुरुङ ‘कुमार’ले बताए । उनका अनुसार विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मौलिक सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने उनले बताए ।
महोत्सव अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । परिषद्का कोषाध्यक्ष ठाकुर दरैका अनुसार महोत्सवबाट करिब रु. ७३ लाख आम्दानी हुनेछ भने रु. ५८ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवबाट रु. १५ लाख बचत गर्ने लक्ष्य लिइएको कोषाध्यक्ष दरैले बताए । जिल्लाभरका जातीय कला, संस्कृति र पहिचान झल्कने जीवन्त सांस्कृतिक संग्रहालय निर्माण गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष सिद्धान्त थापाले बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारको प्रस्तुति रहनेछ। कला, संस्कृति, भाषा, धर्म र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आदिवासी जनजाति महासंघ तनहुँका पूर्व अध्यक्ष हरिसिंह गुरुङले बताए । महासंघका उपाध्ययक्ष शेरबहादुर बोटेले महोत्सवमा १५० वटा स्टल रहने बताए । यस पटक महोत्सवमा मगर, दरै र कुमालको परम्परागत घर निर्माण गरिनेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker