पार्टी भित्रकै अन्तरघातले कांग्रेस कमजोर बन्यो : नेता पौडेल

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी भित्रकै अन्तरघातले कांग्रेस कमजोर बनेको बताएका छन् ।

१०९औं बीपी जयन्तीको अवसरमा तनहुँ कांग्रेसले दमौलीमा गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ पहिलो चरणको समापन कार्यक्रममा बोल्दै उनले भने ‘अप्ठेरोको बेला देशलाई सहि मार्ग देखाउने पार्टी नै कांग्रेस हो, अहिले कांग्रेस कमजोर हुँदै जानुको कारण नै अन्तरघात हो ।’

कांग्रेस अझै बीपीले देखाएको बाटोमा हिँडिरहेको दाबी गर्दै उनले भने, ‘पछिल्लो समय कांग्रेसलाई बीपीको सिद्धान्त छोडेको आरोप लागेको छ, तर कांग्रेस अझै त्यही सिद्धान्तमा अडिक रहेको र कहिले पनि बीपीले देखाएको बाटो छोड्दैन ।’

बीपीले अहिंसाको बाटोबाट समाज रुपान्तरणको लागि देखाएको बाटोबाट कांग्रेस बाहिर जान नसक्ने समेत उनले बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कार्यकर्ताहरु विचलित नहुनुपर्नेमा धारणा व्यक्त गरे । आगमी मंसिर ४ गते हुने निर्वाचनलाई मध्येनजर गर्दै काँग्रेसले भदौ १० गतेदेखि पहिलो चरणको जनताको साथमा काँगे्रस अभियान सञ्चालन गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker