एमाले तनहुँको नवौं अधिवेशन : सर्वसम्मत नभएका पदमा आइतबार दिउँसो २ बजेबाट निर्वाचन

भञ्ज्याङ न्यूज

नेकपा एमाले तनहुँको शुक्रबारबाट दमौलीमा सुरु भएको नवौं अधिवेशन शनिबार साँझबाट निर्वाचन पक्रिया शुरु भएको छ । जिल्ला कमिटीको नयाँ नेतृत्व र्सवसम्मत चयनका लागि निर्वाचन प्रक्रिया अर्न्तर्गत मतदाता नामावली प्रकाशन भएको छ ।

नयाँ नेतृत्व चयनका लागि र्सवसम्मतको प्रयास गरिने र र्सवसम्मत नभए आइतबार दिउँसो २ बजेबाट मतदान गर्ने तयारी गरिएको छ । जिल्ला कमिटीको नयाँ नेतृत्वमा अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र्सवसम्मत हुने सम्भावना देखिएको छ ।

यता उपाध्यक्ष, सचिव, उपसचिव र सदस्य पदमा भने आंकाक्षी धेरै भएकाले र्सवसम्मत कार्य जटिल हुने अवस्था देखिएको छ । यो समाचार तयार गर्दासम्म आकांक्षी उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउन थालेका थिए ।

अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुइ उपसचिव चयन गर्नेछ। प्रत्येक नगरपालिकाबाट पाँच खुला र दुइ महिला गरी २८ सदस्य, प्रत्येक गाउँपालिकाबाट तीन खुल्ला र दुइ महिला गरी ३० सदस्य, अल्पसंख्यकको तर्फबाट दुइ खुला र एक महिला गरी तीन सदस्य, मजदुरबाट दुइ खुला र एक महिला गरी तीन सदस्य, दलितबाट तीन खुला र दुइ महिला गरी पाँच सदस्य, आदिवासी जनजातिबाट दुइ खुल्ला र एक महिला गरी तीन सदस्य, अपांगबाट एक खुला र एक महिला गरी दुइ सदस्य निर्वाचित हुने छन् ।

यस्तै, खुल्लातर्फ १७ खुल्ला र ९ महिला गरी २६ जना सदस्य निर्वाचित हुनेछन् । अधिवेशनले ५ जना पदाधिकारी सहित १०५ सदस्य जिल्ला कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा ५६१ जना प्रतिनिधि चयन भएर आएका छन्। यीनै प्रतिनिधिले जिल्ला कमिटीको नेतृत्व चयन गर्ने छ । त्यस्तै, शनिबार बिहानदेखि सुरु भएको बन्दसत्रले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ । अध्यक्ष केदार सिग्देलले प्रस्तुत गरेको प्रतिवेदन उपर प्रतिनिधिले समूह बनाएर छलफल तथा टिप्पणी गरेका थिए।

नेकपा एमाले तनहुँले एक वडा बाहेक अन्य वडा र पालिकामा र्सवसम्मत नेतृत्व चयन गरेको छ । शीर्ष नेताहरुले जिल्ला कमिटीको नेतृत्व पनि सर्वसम्मत चयन गर्ने कसरत जारी राखेका छन् । करिब आठ वर्षपछि अधिवेशन भएकाले पदका आकांक्षीको संख्या बढेकाले सर्वसम्मत नेतृत्व चयन कार्य जटिल बन्दै गएको छ । अहिलेसम्मको स्थितिमा अध्यक्ष बाहेकका पदमा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था देखिएको छैन ।

यो समाचार तयार पार्दासम्म अध्यक्ष पदमा हालका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत हुने करिब निश्चित देखिएको छ । तर उपाध्यक्ष, सचिव, उपसचिव र सदस्यहरुमा आकांक्षी बढी भएपछि र्सवसम्मत गर्न पार्टी नेतृत्वलाई हम्मेहम्मे परेको छ ।

उपाध्यक्षमा सचिवालय सदस्य हरिराज कंडेल र भिमाद नगरपालिकाका नगरप्रमुख समेतले उम्मेदवारी दर्ता गराएका छन् । सचिव पदको दाबा गर्दै हालका कार्यवाहक सचिव विष्णुभक्त सिग्देल र कार्यालय सचिव राजेश्वर ढकालले उम्मेदवारी दर्ता गराएका छन् । उपसचिव पदमा प्रदीपराज अधिकारी, खिम कुमाल लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

भिमादबाट सात सदस्य र्सवसम्मत

नेकपा एमाले तनहुँको सदस्यमा भिमाद नगरपालिकाबाट सात सदस्य सर्वसम्मत भएका छन् । एमालेको जारी अधिवेशन अन्तरगत भिमाद नगरपालिकाबाट पाँच खुल्ला र दुइ महिला सदस्य र्सवसम्मत भएका हुन् । जिल्ला सदस्यमा उज्वल खनाल, भवानी शंकर लम्साल, सूर्यकुमार श्रेष्ठ, दलराज थापा, धनन्जय गैह्रे र महिलातर्फाट कोपिला लम्साल र दिना गोतामे र्सवसम्मत चयन गरिएको र निर्वाचन समितिबाट आधिकारिक घोषणा हुन बाँकी छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker