तनहुँ १ उपनिर्वाचन : कांग्रेसका १२ जनाकै नाम सिफारिस
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेस तनहुँले वैशाख १० गते हुने उपनिर्वाचनका लागि क्षेत्रबाट आएकै नामावली प्रदेश समिति समक्ष सिफारिस गरेको छ ।
कांग्रेस तनहुँको मंगलबार बसेको बैठकले तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा क्षेत्रीय समितिले पठाएको नामावली नै प्रदेश समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको जिल्ला सचिल लक्ष्मीभक्त खनालले जानकारी दिए ।
प्रदेश समितिले बुधबार केन्द्रीय समिति समक्ष उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ । यस्तै, कांग्रेसले जिल्लाका ८५ वटै वडामा सम्मेलन गर्ने निर्णय गरेको छ । चैत १८ गते एकैदिन वडा सम्मेलन गर्ने निर्णय भएको खनालले जानकारी दिए ।










