थर्पु खानेपानी उपभोक्ता समितिको अध्यक्षमा भीमलाल चयन
भञ्ज्याङ समाचारदाता/दमौली

थर्पु बजार खानेपानी उपभोक्ता समितिको अध्यक्षमा भीमलाल श्रेष्ठ चयन भएका छन् । समितिको २३औं साधारणसभा तथा छैटौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आशा देवी गुरुङ्ग, कोषाध्यक्षमा रमेश श्रेष्ठ, सदस्यहरुमा संगिता श्रेष्ठ, गीता थापा, पूर्ण बहादुर सारु, मोहन मल्ल शाही, अनिल वाग्ले, खम वहादुर नेपाली र देउ नारायण चयन भएका छन् ।