व्यासले जिल्ला सभागृह सञ्चालनको जिम्मा लिने

तनहुँको व्यास नगरपालिकाले दमौलीमा नवनिर्मित सभागृह सञ्चालनको जिम्मा लिने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृह सञ्चालनको जिम्मेबारी लिने निर्णय गरेको हो।

जिल्ला सभाले उक्त सभागृहको सञ्चालनको जिम्मा लिन व्यास नगरपालिकालाई प्रस्ताव गरेकोमा व्यास नगरपालिकाले उक्त निर्णय गरेको बताइएको छ । जिल्ला समन्वय समितिले सञ्चालन गर्ने गरी शहरी विकास मन्त्रालयले उक्त जिल्ला सभागृह निर्माण गरेको थियो । सभागृह उद्घाटन भएको एक वर्ष पनि पुरा नहुँदै जिल्ला समन्वय समितिले उक्त सभागृह सञ्चालन गर्न सकेको छैन ।

यस्तै, कार्यपालिका बैठकले नगरपालिका भित्र रिक्त शिक्षक दरवन्दीमा सम्बन्धित विद्यालयहरुको सहमतीमा शिक्षकहरुलाई कामकाजमा खटाउने अधिकार नगर शिक्षा शाखा प्रमुखलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।

आगामी पौष २६ गते हुने नगर सभामा प्रस्तुत गरिने विषयहरु सम्बन्धित विषयगत समितिवाट आगामी पौष १५ भित्र पेश गर्ने निर्णय गरेको बैठकले सबै वडाहरुमा वितरण गरिने लागत सहभागीताका योजनाहरुमा प्रति वडा १५ लाख रुपैयाँका दरले ग्रामीण वडाहरुमा १५ प्रतिशत अर्धशहरी वडाहरुमा २० प्रतिशत र शहरी वडाहरुमा २५ प्रतिशत नगद लागत सहभागिता रहने गरी पौष १५ भित्र बढिमा ३ वटा योजनाहरु सम्बन्धीत वडा मार्फत माग गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा सुधार योजना र जग्गा वर्गीकरण प्रतिवेदन आगामी पौष ७ गते भित्र पेश गर्न सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको प्रवक्ता एवं वडा नं. ९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker