पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने-खैरेनीटार खण्डको सेरामा सडक पुनः अवरुद्ध

पृथ्वी राजमार्गस्थित सेरा सडकखण्ड पुनः अबरुद्ध भएकाे छ । करिब १२ घण्टापछि सञ्चालन आएकाे सडक खण्ड पुनः अबरुद्ध भएकाे जिल्ला प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताए ।
शुक्रबारदेखि परेकाे अबिरल झरीका कारण म्याग्दे गाउँपालिका-६ र शुक्लागण्डकी नगरपालिका-७ सेरास्थित फेदीखाेला रहेकाे कल्भर्ट शनिबार बगाएकाे थियाे । उक्त ठाउँमा माटाे हालेर सडक सञ्चालनमा ल्याइएको थियाे । झरीका कारण सडक हिलाम्मे हुदा सबारी साधन फस्न गई पुनः अबरुद्ध भएको हाे ।
उनले भने, `झरी नराेकिएसम्म सडक कति समयमा खुलाउन सकिन्छ भन्ने यकिन छैन ।´
यस्तै म्याग्दे गाउँपालिकास्थित मनहरीमा पनि सबारी साधन फसेर बाटाे अबरुद्ध भएकाे छ ।










