विभिन्न क्षेत्रका विषय विज्ञहरुको सहभागितामा रोटरीको नमुना अभियान

भञ्ज्याङ न्यूज

रोटरी क्लव अफ दमौलीले पर्यटन, कृषि, शिक्षा लगायतका विषयमा काम गर्ने विज्ञहरुको सहभागितामा नमुना अभियान सञ्चालन गर्ने भएको छ । क्लवले तनहुँको व्यास नगरपालिका वडा नं. ५ लाई नमुना वडाको रुपमा स्थापित गराउने कार्यक्रम अगाडि ल्याएको हो । क्लवले अमेरिका स्थित रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाईको सहयोगमा यही मंसिर २४ गतेदेखि २९ गतेसम्म वडा नं. ५ मा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागितामा ६ वटा कार्यक्रम गर्ने भएको छ ।

अमेरिकाका १२ जना र अष्ट जका ४ जना गरी १६ जना विदेशी विज्ञहरुले प्राविधिक शिक्षा, कृषि तथा पर्यटनका क्षेत्रमा विभिन्न सेवा दिने कार्यक्रम तय भएको कार्यक्रम संयोजक एवं क्लवका पूर्व अध्यक्ष हरिसिं गुरुङले बताए ।

आधारभुत शिक्षा परियोजना अन्तर्गत उनीहरुले उक्त वडाका २ वटा विद्यालय, कृषि समूह र ग्रामीण पर्यटनका विभिन्न सम्भावना बोकेका स्थान बारे अध्ययन गर्ने र त्यस सम्बन्धी ज्ञान समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक गुरुङले बताए।

उक्त परियोजना अन्तर्गत उनीहरुले स्थलगत रुपमा योजना निर्माण र कार्यान्वयनका लागि सो क्षेत्रका विद्यालय र समुदायसँग विविध पक्षमा अन्तरक्रिया, अनुभव आदान प्रदान गर्ने भएका छन् । कार्यक्रम अन्तर्गत व्यासका प्राविधिक धारका विषयहरु पढाइ हुने विभिन्न विद्यालयका २० जना शिक्षकहरुलाई दुइ दिने तालिम प्रदान गरिने छ ।

उक्त तालिम पहिलो दिन जनजुक्त शाही माविमा र दोस्रो दिन उदय माविमा हुने छ । शिक्षकहरुलाई अमेरिकी, अष्ट जका र स्थानीय विज्ञहरुले तालिम प्रदान गर्ने गुरुङले बताए ।

यस्तै, उदय मावि र जनजुक्त शाही माविमा विद्यार्थी, शिक्षक साथै आवश्यक परेको बेला समुदायले समेत प्रयोग गर्न सक्ने गरी प्रयोशाला निर्माण गरिने भएको छ । मोडलको रुपमा उक्त २ वटा विद्यालयमा निर्माण हुने प्रयोशगाला प्रभावकारी देखिए अन्य विद्यालयमा समेत विस्तार गर्न सकिने बताइएको छ ।

प्रयोगशालाको लागि सामग्री प्राप्त भइसकेको छ भने विज्ञहरुको उपस्थितीमा उक्त सामग्रीहरुको नामाकरण गरी तीनको प्रयोगबारे जानकारी गराइने गुरुङले बताए। संयोजक गुरुङका अनुसार समुदायका कृषकहरुका लागि कृषि विज्ञान साक्षरता कार्यक्रम पनि सञ्चालन गरिने भएको छ। जसमा कृषकहरुलाई माटोको अवस्था, गुण परिक्षण, माटोमा लाग्ने रोग र माटो अनुकुल उत्पादन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

उक्त तालिम नमुनाका लागि छनोट भएका २ वटा विद्यालय र चुदेरमा गरिने भएको छ । सोही अवसरमा कृषकहरुलाई स्कुलमा भएको प्रविधिको प्रयोग बारे समेत सिकाइने कार्यक्रम तय भएको छ । नमुनाका लागि छानिएका दुबै विद्यालयमा एक/एक दिन कक्षा ९ देखी १२ सम्मका बालबालिकाहरुलाई इङलिस कम्युनिकेसन, आधारभूत कम्युटर तालिम, इ-लर्निङ, सडक सुरक्षा र शारीरिक व्यायम सम्बन्धी सत्रहरु सञ्चालन गरिने भएको छ ।

यस्तै, विज्ञहरुले साँगेफाटका कृषि गतिविधिको अवलोकन गरी उक्त क्षेत्रको सम्भावना र अवसर बारे समेत अध्ययन गर्नेछन् । साथै रोटरीको सहयोगमा चुदेर गाउँमा निर्मित खानेपानी आयोजनाको निरिक्षण, चुदेर र हर्कपुर होमस्टेमा सांस्कृतिक आदनप्रदान गरिने भएको छ ।

व्यास क्षेत्रको पर्यटन, कृषि, शिक्षा लगायतका विषयमा व्यास नगरपालिका प्रमुख, कृषि ज्ञान केन्द्रका प्रमुख र डिभिजन वन कार्यलयका प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । हरेक दिन ११ बजेदेखी ३ बजेसम्म विज्ञ टोलीले विभिन्न क्षेत्रमा सेवा दिने छन भने प्रत्येक दिन स्कुलमा कार्यक्रमको समिक्षा र सांस्कृतिक कार्यक्रम पनि हुनेछ । सोही अवसरमा स्कुलले आफनो गतिविधि बारे जानकारी गराउने कार्यक्रम बनाइएको छ ।

अष्ट ज अवधारणाका जन्मदाता डा. दुर्गादत्त पौडेलको विशेष पहलमा अमेरिकी विज्ञ टोली नेपाल आउन लागेका हुन् । उनीहरुले तनहुँ लगायत अन्य ठाउँमा पनि सेवा गर्ने बताइएको छ । पौडेलले जल, जमिन, जंगल, जडिबुटी, जनशक्ति, जनावर, जराजुरी र जलवायु लगायतको क्षेत्रमा रिर्सच तथा अन्य गतिविधि सञ्चालनको उद्देश्यले अष्ट ज अवधारणलाई निर्माण गरी सोही अनुसार विभिन्न जागरण अभियानहरु सञ्चालन गरेका छन् ।

उनकै पहलमा रोटरीले चुदेरमा १ करोड बराबरको खानेपानी आयोजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण समेत गरी सकेको छ। साथै चुदेरलाई नमुना बस्तीको रुपमा बिकास गर्न विभिन्न गतिविधि गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker