तनहुँको भानु र बेथानचोक पालिका बीच अनुभव आदानप्रदान

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका र काभ्रेको बेथानचोक गाउँपालिका बीच अनुभव आदानप्रदान गरिएको छ । वेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको नेतृत्वमा आएको टोली र भानु नगरपालिकाले स्थानीय तहको कार्यसम्पादन सम्बन्धमा अनुभव आदानप्रदान गरेका थिए ।

यस अवसरमा भानु नगरपालिकाका प्रमुख अनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत दीवाकार पौडेलले भानुको पहिचान भानुभक्तीय विर्केटोपी लगाएर स्वागत एवं सम्मान गरेका थिए । स्थानीय तहले अंगीकार गरेका केही असल अभ्यासहरूका बारेमा दुबै तर्फबाट प्रस्तुतीकरण गरिएको थियो ।

भानुका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले भानुका शिक्षा क्षेत्रमा गरिएका केही प्रयास तथा असल अभ्यासका बारेमा प्रस्तुतीकरण गरेका थिए । अनुभव आदानप्रदानको क्रममा दुबै तर्फका प्रयासहरू मध्ये धेरै कुरामा समानता देखिएको शिक्षा अधिकारी पौडेलले जानकारी गराए ।

यस्तै, बेथानचोक गाउँपालिकाले प्रत्येक वर्ष कम्तिमा ५ किलोमिटर पक्की सडक अनिवार्य रूपमा बनाउने घोषणा, कृषि पकेट क्षेत्रमा अनुदान र पशु तथा दुग्ध व्यवसायमा आत्मनिर्भर हुने नीति र कार्यक्रम अनुकरणीय रहेको थियो ।

यसरी अन्तर स्थानीय तह बीच हुने अन्तरक्रिया र अवलोकन भ्रमणबाट अरू तहहरूले गरेका असल अभ्यासहरूका बारेमा जानकारी लिई यसलाई आफ्नो पालिकामा पनि लागू गराउनका लागि अनुदान आदनप्रदान संस्कृति उपलब्धिमुलक हुने नगरप्रमुख त्रिपाठीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker