‘प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध छ’

दमौली : गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज दमौली अस्पतालको निरीक्षण पश्चात आयोजित अन्तरक्रियामा मन्त्री थापाले प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि योजनाबद्ध रूपमा काम गरिने बताउनुभयो । उहाँले तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि आफूले पहल गर्ने जानकारी गराउनुभयो ।

स्थानीय जनप्रतिनिधि, नागरिकको चासो र खबरदारीअनुसार प्रदेश सरकार अस्पतालको स्तरोन्नति गर्न गम्भीर रहेको पनि यसमा सङ्घीय सरकारबाट पनि आवश्यक सहयोग जरूरी रहेको धारणा राख्नुभयो । “दमौली अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार गम्भीर छ तर हाम्रो एक्लो प्रयासले मात्र हुँदैन । सङ्घीय सरकारले यसका लागि निर्णय गर्नुपर्ने अवस्था छ”, हाल कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहनुभएका थापाले भन्नुभयो, “प्रदेश सरकारले स्तरोन्नतिको निर्णय गरे पनि सङ्घले यसको दरबन्दी र आर्थिक स्रोत सुनिश्चित नगरेसम्म कार्यान्वयन नहुने भएकाले त्यसतर्फ सबैले ध्यानाकर्षण गराउन आवश्यक छ ।”

प्रदेश सरकारले दमौली अस्पतालको सेवा विस्तारका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन गरेको मन्त्री थापाले जानकारी दिनुभयो । स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जग्गाको समस्याका कारण दमौली अस्पताल स्तरोन्नतिमा ढिलाइ भएको बताउनुभयो । उहाँले दमौली अस्पतालको मुख्य समस्या जग्गा प्राप्ति नहुनु रहेकाले यो समस्या समाधानका लागि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा डा कृष्णप्रसाद गौतम, पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठलगायतले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्न लाग्नुपर्ने बताउनुभयो ।

अस्पतालका प्रमुख डा परिवर्तन बरालले पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको जानकारी दिनुभयो । अस्पतालमा बढ्दो बिरामीको चापसँगै यसको स्तरोन्नति र सेवा विस्तार अति आवश्यक भइसकेको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker