अरिंगालले चिलेर तनहुँको भानुमा एक जनाको मृत्यु, एक घाइते
भञ्ज्याङन्यूज

तनहुँको भानुमा अरिंगालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भानु नगरपालिका-७ रमघाटार स्थित जंगलमा आइतबार राती ११:५५ अरिंगालको गोला पोल्ने क्रममा अरिंगालले चिलेको थियो ।
अरिंगालले चिलेर घाइते भएका भानु नगरपालिका-४ फलाखेतका वर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने वर्ष २४ का धनबहादुर तामाङ गम्भिर घाइते भएका छन् ।
निजहरू दुबै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेजमा चितवनमा पठाएको थियो ।
घाइते मध्ये राजकुमारको सोमबार बिहान ४:२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
यस्तै, अर्का घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको प्रनाउ खाँडले बताए ।










