तनहुँको याम्पामा बसको ठक्करबाट सम्जुरका मियाँको मृत्यु
भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा बसको ठक्करबाट शनिबार दिउँसो स्कुटर चालकको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परि भानु नगरपालिका-१३ सम्जुरका ३२ वर्षीय शेख महमद रखिम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखराबाट काठमाडौतर्फजाँदै गरेको प्र.नं ३-०१-००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग१३प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका मियाँको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
प्रहरीले बस चालक सिन्धुली गोलञ्जोरका ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा लिएको छ ।










