पञ्चमुनिदेव माविको अध्यक्षमा श्रेष्ठ चयन

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः सन्तोष श्रेष्ठ चयन भएका छन् । विद्यालयमा शनिबार भएको अभिभावक भेलाले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

समितिको महिला सदस्यमा तारादेवी गौतम, दलित सदस्यमा मिरा वि.क, खुला सदस्यमा कृष्णबहादुर राना चयन भएका छन् भने सदस्य सचिवमा प्रधानाध्यापक रहने प्रावधान छ । उक्त भेलाले प्रकाश थापाको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । संघको सदस्यहरुमा हुमबहादुर भट्ट, कृष्णराज घिमिरे र खिममाया अर्याल चयन भएका छन् । कक्षा-१२ सम्म पठनपान हुने विद्यालयमा करिब २ हजार ४०० विद्यार्थी अध्ययनरत छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker