एमाले तनहुँको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत, अन्य पदमा पनि सर्वसम्मतको कोशिस
भञ्ज्याङसमाचारदाता/दमौली

नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । यसअगाडी उपाध्यक्ष रहेका श्रेष्ठ नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
शनिबार उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उनी र्सवसम्मत अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले बताए ।
यस्तै, अध्यक्ष बाहेकका पदमा भने आवश्यक संख्या भन्दा बढीको उम्मेदवारी दर्ता भएको संयोजक ढकालले बताएका छन् । उपाध्यक्षमा हरिराज कंडेल, मेखबहादुर थापा र मोहन सुनार, सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकाल, उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ ।
‘सकेसम्म सहमतिमा लग्ने कोशिस गरिरहेका छौं’, उनले भने, ‘अहिले दावीविरोध, उम्मेदवारी फिर्ताको विषयमा छलफल गरिरहेका छौं सर्वसम्मत नभएको पदहरुमा भने ५ बजेबाट निर्वाचन पक्रिया सुरु हुने छ ।’










