तनहुँ सेवा समाज युएइको अध्यक्षमा कार्की चयन
भञ्ज्याङ समाचारदाता/युएइ

तनहुँ समाज युएइको तेश्रो अधिवेशनले सुदिप कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ‘हाम्रो तनहुँ हाम्रो सान सेवा र सहकार्यताको अभियान’ भन्ने मूल नारा सहित स्थापना गरिएको समाजको वरिष्ठ उपाध्यक्षमा श्रीमती कल्पना रिमाल, उपाध्यक्षहरुमा कृस सुनार, भुवन थापा मगर, गणेश बस्नेत र अपिल भट्टराइ चयन भएका छन् ।
समाजको महासचिव सुरिन भुजेल, सचिव ज्ञानु ठकुरी, कोषाध्यक्ष रमेश गोदार, सह-कोषाध्यक्ष इश्वर अधिकारी, युवा संयोजक अमर राज पन्थी, महिला संयोजक अनिता अधिकारी, खेलकूद संयोजक जितेन्द्र कार्की, संस्कृतिक विभाग संयोजक शिशिर थापा, युएइ क्षेत्रीय संयोजकमा राम भक्त मरासैनि (अबधावी), अर्जुन खड्का (सरहजा), दिपक खड्का (अल ऐन) चयन भएका छन् ।
यस्तै, समाजको सदस्यहरुमा राजु तिमिल्सिना, खड्ग भुजेल, योग नारायण अधिकारी, किरण गुरुङ्ग, बिष्णु कार्की, भोला थापा रहेका छन् । समाजका संरक्षक दिपक खड्काले अधिवेशनको उद्घाटन गर्दै रोजगारीको सिलसिलामा विदेशमा रहेपनि हाम्रो कमाइको केही रकम संकलन गरी जन्मभूमिमा सामाजिक क्षेत्रमा गरिने कार्यक्रम महत्वपूर्ण रहेको चर्चा गरेका थिए ।
समाजका अध्यक्ष सुदिप कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक- मनोज कुमार श्रेष्ठ (गोर्खाली), गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति युएइका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना, नेपाली समाज युएइका अध्यक्ष गोबिन्द ढकाल, गैरआवासीय नेपाली संघ मध्यपुर्ब उपसंयोजक राजु केसी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा तनहुँ सेवा समाज युएइका भलिबल खेलाडीहरु मिलन चन्द ठकुरी सहित खेलसंयोजक, खेल व्याबस्थापक, टिम कोच अनि कलाकारहरुलाई सम्मान गरिएको थियो ।










