भानुका अपाङ्गता भएका व्यक्तिलाई बीउ पुँजी वितरण

तनहुँको भानु नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई रिसेड तनहुँले बीउ पुँजी वितरण गरेको छ । सामाजिक विकास कार्यालयको सहयोगमा रिसेडले भानुका १३ जनालाई बीउ पुँजी सहयोग गरेको हो । भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले उक्त रकम प्रदान गर्दै अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन नगरपालिकाको तर्फबाट प्रयास रहने प्रतिवद्धता जनाए ।

अपाङ्ता भएका व्यक्तिहरुलाई अनुकूल नीति तथा कार्यक्रम बनाउन नगरपालिका लागि परेको प्रवक्तार् इश्वर राज घिमिरेले बताए।

भानुका १३ वटा वडाका १३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ७ हजार ५ सय रुपैयाँका दरले बीउ पुँजी सहयोग गरिएको रिसेडका उपाध्यक्ष इश्वर बाँस्तोलाले बताए।

नगर स्तरीय स्वावलम्बन समूहको छनोटमा परेका अपाङ्गता भएका व्यक्तिहरु अपाङ्गताको प्रकृति बमोजिम शारीरिक, बौद्धिक, दृष्टिविहिन, बहिरा, बहुअपाङ्गता जस्ता गम्भीरताको आधारमा आर्थिक रुपमा कमजोर केही गर्न चाहने मनोभाव भएका व्यक्तिहरुलाई केही सहयोग होस् भनेर सहयोग गरिएको उपाध्यक्ष बाँस्तोलाले बताए ।

बीउ पुँजी लाभग्राही दृष्टिविहिन दशरथ राना मगरले अपाङ्गताको प्रकृति अनुसार कृषिको लागि योग्य सम्भावनायुक्त कार्य प्रणाली अनुसार बाख्रा पालन, कुखुरापालन, टनेल तरकारी खेती जस्ता कृषिको बीउ पुँजी लगानीबाट जीवनस्तरमा लाभ पुग्ने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker