पूर्व विद्यार्थी समाज माहेन्द्रीमा पुन: कट्टेल

तनहुँको व्यास नगरपालिका–९ झिनुवाटार स्थित माहेन्द्री माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजको अध्यक्षमा पुन: उद्धवराज कट्टेल चयन भएका छन् । विद्यालयलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्ने उद्देश्यले २०५९ सालमा गठित माहेन्द्री पूर्व विद्यार्थी समाजको आइतबार सम्पन्न भेलाले कट्टेललाई पुन: समितिको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा भक्तबहादुर गोदार, सचिवमा विजय आचार्य, कोषाध्यक्षमा बसुन्धरा घर्ती र सहसचिवमा राजनजंग अधिकारी चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा नरबहादुर गुरुङ, गंगाबहादुर जिसी, दौलत अधिकारी, रोशन रेग्मी, सुनिता आचार्य, सुर्य कार्की, देवेन्द्र कार्की र कृति बानियाँ रहेका छन् ।
भेलाले समितिको संरक्षकमा व्यास नगरपालिका वडा नं ९ का वडाध्यक्ष सुरेश थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पौडेल, विद्यालयका प्राचार्य शिवचन्द्र आचार्यलाई चयन गरेको छ । सोमबार बसेको समितिको पहिलो बैठकले समितिको कानुनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता बालचन्द्र आचार्यलाई मनोनित गरेको छ ।
त्यस्तैगरी ७ वटा विभिन्न उपसमितिहरु गठन गरी संयोजक र सदस्य समेत मनोनित गरेको छ । जसमा अर्थ समिति संयोजकमा भक्तबहादुर गोदार र सदस्यहरुमा बसुन्धरा घर्ती, गंगा बहादुर जिसी रहेका छन् । शैक्षिक गुणस्तर परामर्श समितिका संयोजक महेन्द्र न्यौपाने तथा सदस्यहरुमा विजय आचार्य र अजित आचार्य, विदेश समन्वय समिति संयोजकमा रोशन रेग्मी र सदस्यहरुमा दौलत अधिकारी र कपिल आचार्यलाई जिम्मेवारी प्रदान गरिएको छ ।
प्रचारप्रसार उपसमितिको संयोजकमा सुनिता आचार्य तथा सदस्यहरुमा देवेन्द्र कार्की र राजनजंग अधिकारी, स्थानीय समन्वय समितिको संयोजकमा नरबहादुर गुरुङ तथा सदस्यहरुमा सुरेन्द्र खनाल र राजनजंग अधिकारी, अतिरिक्त क्रियाकलाप संयोजकमा विजय आचार्य र सदस्यहरुमा कृति बानिया, राजनजंग अधिकारी रहेका छन् भने तथ्यांक अध्यावधिक समितिको संयोजकममा सुरेन्द्र खनाललाई मनोनित गरिएको छ ।
नव गठित समितिका अध्यक्ष कट्टेलले विद्यालयको शैक्षिक बिकास र प्रगतिका लागि सबै उपसमितिसँग समन्वय गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । माहेन्द्री माविको शैक्षिक, भौतिक र प्रशासनिक बिकासका लागि विद्यालयबाट पढेर विभिन्न क्षेत्रमा क्रियाशिल रहेका पूर्व विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहने भएकाले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह समेत गरे । पूर्व विद्यार्थी समाजले विगतमा विविध कारणवश अपेक्षित रुपमा काम गर्न नसेकको स्वीकार्दै उनले अब देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीहरुको सल्लाह, सुझाव र प्रतिक्रिया बमोजिम अघि बढ्ने बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker