क्यान तनहुँद्वारा बालगृहलाई कम्प्युटर सहयोग

भञ्ज्याङ न्यूज

क्यान महासंघ तनहुँले व्यास-१० स्थित उज्यालो घर बालगृहलाई कम्प्युटर सेट सहयोग गरेको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा संस्थाले बालबालिकाको अध्ययन र बालगृहको आवश्यक प्रयोजनका लागि भन्दै सहयोग गरेको हो ।

कार्यक्रममा व्यास-१० का वडाध्यक्ष तुलसीराम सापकोटा, क्यान गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डे तथा क्यान जिल्ला अध्यक्ष टिकाराम पनेरुले बालगृहका अध्यक्ष दीपक न्यौपानेलाई सहयोग हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण गर्दै क्यानका गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डेले बालगृहका बालबालिकाले आधुनिक प्रविधिको पठनपाठनबाट कोही पनि बञ्चित हुन नहुने भन्दै आगामी दिनहरुमा पनि सहयोगको प्रतिवद्धता जनाए । उनले आगामी दिनमा प्रिन्टर, मल्टिमिडिया लगायतका आवश्यक सामाग्रि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विश्वप्रकास भुषाल तथा कार्यक्रम संयोजक मिनबहादुर कुँवर लगायतले सहयोगका विषयमा आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker