रोटरी क्लवको सहयोगमा किसानलाई वयस्क विज्ञान साक्षरता

भञ्ज्याङ न्यूज

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ क्षेत्रको कृषि उत्पादन बढाउने उद्देश्यले किसानहरुलाई वस्यक विज्ञान साक्षरता प्रशिक्षण प्रदान गरिएको छ ।

अमेरिका स्थित रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाईको सहयोगमा रोटरी क्लब अफ दमौलीले गर्दै आएको आधारभुत शिक्षा सुधार परियोजना अर्न्तर्गत सो क्षेत्रका किसानहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

उक्त परियोजनामा नमुनाका लागि छनोट भएका उक्त क्षेत्रका २ वटा विद्यालय र चुदेरमा मंगलबार एकै साथ वस्यक विज्ञान साक्षरता प्रशिक्षण सम्पन्न भएको छ ।

उदय मावि, जनयुक्त शाही मावि र चुदेर गाउँमा २५/२५ जना किसानहरुको समूह विभाजन गरी विदेशी विज्ञ सहित अष्ट जका प्रशिक्षकहरुबाट प्रशिक्षण प्रदान गरिएको कार्यक्रम संयोजक हरिसिंह गुरुङले बताए ।

किसानहरुलाई अष्ट जका बिदुर कोइराला, रोटरी क्लब अफ दमौलीका उपाध्यक्ष वीणा कैनी र रोटरी क्लब अफ सनसेट हुनुलुलुकी करा इङलेण्डले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षणमा कृषि उत्पादनमा वृद्धि गराइ स्थानीयलाई आत्मनिर्भर बनाउने, वातावरणीय प्रदुषण न्युनिकरण र जलवायु परिवर्तनका असरहरुका सम्बन्धमा शिक्षा दिइएको थियो ।

साथै माटोको प्रकार गुणस्तर तथा यसमा रहेका विविध तत्व, माटोमा लाग्ने रोग र माटो अनुकुल उत्पादनका विषयमा पनि जानकारी गरिएको कोइरालाले जानकारी दिए ।

प्राङ्गारिक मलको प्रयोग, अर्गानिक खेती प्रणाली, कृषि उत्पादनको उचित बजारीकरण, घासँखेती लगायत अन्य कृषिसँग सम्वद्ध धेरै विषयमा प्रशिक्षण प्रदान गरिएको उनले बताए ।

तालिममा महिलाहरुको उत्तिकै सहभागीता रहेकाले परम्परागत र निर्वाहमुख रुपमा गरिदै आएको कृषि व्यावसायिक बनाउन सकिने विश्वास गरिएको छ ।

कृषिलाई व्यावसायिक बनाएर स्थानीयको आम्दानीको राम्रो स्रोतको रुपमा बिकसित गर्ने दीर्घकालिन उद्देश्यले स्थानीय महिला, युवा समेतलाई समेटेर प्रशिक्षण प्रदान गरिएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।

प्रशिक्षणका क्रममा किसानहरुले देखाएको उत्साह र उत्सुकताको आधारमा समय कम भएको महसुस भएकाले यस्तै प्रशिक्षण पुन गर्ने बारे छलफल गर्ने आयोजकले जनाएको छ ।

यसअघि सोही परियोजना अन्तर्गत व्यासका विभिन्न विद्यालयका २० जना शिक्षकहरुलाई दुइ दिने तालिम उदय मावि र जनजुक्त शाही माविमा प्रयोशाला निर्माण, छानिएका दुबै विद्यालयमा एक-एक दिन कक्षा ९ देखि १२ सम्मका बालबालिकाहरुलाई इङलिस कम्युनिकेसन, आधारभूत कम्युटर तालिम, इ-लर्निङ, सडक सुरक्षा र शारीरिक व्यायम लगायतका विषयमा सहजिकरण गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker