व्यास नगरपालिकाले कर्मचारीको स्तरवृद्धि प्रक्रिया अगाडी बढाउने

v

तनहुँको व्यास नगरपालिकाले कर्मचारीको स्तरवृद्धि प्रक्रिया अगाडी बढाउने भएको छ । स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ अनुसार स्थानीय तहमा कार्यरत कर्मचारीको स्तरवृद्धि प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले गण्डकी प्रदेश सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको बढुवाका लागि अध्यादेश ल्याएको र सोही अध्यादेश बमोजिम नगरपालिकाले स्तरवृद्धि प्रक्रिया अगाडी बढाएको थियो ।

प्रदेश सरकारको अध्यादेश बमोजिम नगरपालिकाले स्तरवृद्धि प्रक्रिया अगाडि बढाएपनि आचारसंहिता लागेकाले निर्वाचन कार्यालयले स्पष्टीकरण सोधेको थियो । सोही बमोजिम नगरपालिकाले निर्वाचन आयोगबाट अनुमति प्राप्त भएपछि वा निर्वाचन सम्पन्न भएपछि मात्र अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

यस्तै, नगरपालिकाले सुरक्षित आवास कार्यक्रम अन्तर्गत दुइ सय घरधुरीलाई थप रकम प्राप्त भएकाले तत्काल विवरण संकलन गरी मुल्याङकन प्रकृया अघि बढाउन सम्बन्धित वडालाई निर्देशन दिएको छ । नगरपालिका भित्र जग्गाहरुको भू-उपयोग नियमावलि, २०७९ अनुसार वडागत रुपमा जग्गा वर्गिकरण प्रकृया स्थानीयहरुको सहभागितामा अन्तिम रुप दिने निर्णय नगरपालिकाले गरेको छ ।

यस्तै, बैठकले अविरल वर्षाका कारणले नगरपालिका भित्र भएको क्षतिको वडागत विवरण सम्बन्धित वडा अध्यक्षहरुबाट प्रस्तुत भई तत्काल सम्बोधन गर्नुपर्ने विषयहरु पहिचान गरी राहत पुनःनिर्माण गर्ने निर्णय गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker