यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे २ करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान

डुम्रे : यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी कृष्ण अधिकारीले निःशुल्क जग्गा दान गरेका छन् । अधिकारीले करिब साढे दुई करोड मूल्य बराबरको पाँच रोपनी जग्गा मंगलबार मालपोत कार्यालय तनहुँबाट यातायात व्यवस्था कार्यालयको नाममा नामसारी गरिदिएका हुन् ।
भाडामा सञ्चालन हुँदै आएको कार्यालयको भवन निर्माणका लागि जग्गा खोजी गरिएकामा अधिकारीले कार्यालयलाई जग्गा दान गरिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । उनका अनुसार उक्त जग्गाको हालको मूल्य साढे दुई करोड बराबर रहेको छ । यसअघि उनले वडा कार्यालय भवन निर्माणका लागि समेत चार आना जग्गा दान गरेका थिए ।
अधिकारीका दुई छोरा राजेन्द्र र रविन्द्र अधिकारी चितवनमा व्यापार व्यवसाय गर्दै आएका छन्। कार्यालयको भवन निर्माणका लागि राजीखुसीले जग्गा पास गरिदिएको अधिकारीले बताएका छन् ।
यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीले कार्यालयका लागि जग्गा प्राप्ति भएसँगै अब थप प्रक्रिया अगाडी बढ्ने बताए । हाल कार्यालय बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक घरमा भाडामा सञ्चालन हुँदै आएको छ । अब उक्त जग्गामा कार्यालय भवन निर्माण भएसँगै सहज हुने उनको भनाइ छ ।
व्यक्तिको घरमा कार्यालय सञ्चालन गर्दा लाखौ रकम खर्च हुने गरेकाले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह गर्न सहज हुने प्रमुख ओलीले बताए । यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि जग्गा खोजी गर्न बन्दीपुर गाउँपालिकाले घनश्याम श्रेष्ठको संयोजकत्वमा जग्गा खोज समिति गठन गरेको थियो ।
विसं २०७८ फागुन २७ गते स्थापना भएको यातायात कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दरबन्दी अनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीका भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको जनाइएको छ ।
कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरू गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपथ्र्यो। कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरू गरेको थियो । कार्यालयमा सवारी साधन दर्ता समेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ ।
विसं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयका रूपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयका रूपमा स्थापना भएको हो । सेवा कार्यालयका रूपमा रहँदा सवारीसाधन कर संकलन, रूटपरमिट, जाँचपास सम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता, नामसारी सेवा दिँदै आएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker