पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा श्रेष्ठ

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँ खैरेनीटारकी बसन्ता श्रेष्ठ चयन भएकी छन् । संघको शुक्रबार बाग्लुङमा सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेहो हो । समितिको उपाध्यक्षमा स्याङ्जाका अर्जुन थापा र नवलपरासीपुर्वका ध्रुवप्रसाद पाण्डे, सचिव कास्कीका भिमबहादुर सुनार, कोषाध्यक्षमा म्याग्दीका टेकप्रसाद सापकोटा र सहसचिवमा स्याङ्जाका अर्जुन मरासेनी चयन भएका छन् । यस्तै सदस्यहरुमा टिकाराम सापटकोटा, कमल पौडेल, राजेन्द्र बस्नेत, सविता सुवेदी रेग्मी, रामचन्द्र कोइराला चयन भएका छन् ।

अधिवेशन मार्फत १० जनाको कार्यसमिति चयन भएका हुन् भने निवर्तमान अध्यक्ष विदुर पौडेल स्वतः कार्यसमितिमा रहने संघका संस्थापक अध्यक्ष निर्मलराज बरालले जानकारी दिए । संघले पशु स्वास्थ्य र यो पेशामा संलग्न रहेका ब्यवसायीहरुको हक अधिकारका लागि कार्य गर्दै आएको छ । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा पशु स्वास्थ्य तथा औषधी ब्यवसाय गर्ने दुइ सय बढी संलग्न छन् । देशभर सञ्जाल रहेको संघको नेतृत्वमा श्रेष्ठ पहिलो पटक महिला अध्यक्ष बनेकी हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker