बन्दीपुरमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम

तनहुँको बन्दीपुर गाउँपालिकामा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिएको छ। उक्त कार्यक्रम अर्न्तर्गत पर्यटन प्रवर्द्धनको काम गर्न गण्डकी प्रदेश सरकारले गाउँपालिकालाई परिपत्र गरेको छ ।

‘पहाडकी रानी’ उपनाउँले परिचित यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण गर्न लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। गत माघ २६ गते गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखरा र गाउँपालिकाबीच सम्झौता भएको थियो । उनले भने, ‘प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा यस क्षेत्रका पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी काम गर्न लागेका हौँ ।’

मुख्यमन्त्री कार्यालय पोखराबाट ७५ लाख रुपैयाँ र गाउँपालिकाबाट २८ लाख ९५ हजार तीन सय रुपैयाँ गरी कूल एक करोड तीन लाख ९५ हजार तीन सय रुपैयाँ बजेट विनियोजन गरिएको छ । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि नमुना कार्यक्रम अन्तर्गत ‘कल्चर’, ‘एडभेन्चर’ र ‘नेचर’ गरी तीन क्षेत्रमा कार्यक्रम गरिनेछ । उनका अनुसार चालु आर्थिक वर्षको असार १५ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

गाउँपालिका-१, २ र ४ मा पर्यटन प्रवर्द्धनका काम गरिनेछ । विशेषगरी बन्दीपुरबाट सिद्धगुफा जाने बाटोमा सिँढी निर्माण कार्यलाई प्राथामिकता दिइएको अध्यक्ष थापाले बताए । एसियाकै ठूलो दाबी गरिएको यस गुफा हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।

बन्दीपुर क्षेत्रमा सौन्दर्यीकरणका काम गरिनेछ। बन्दीपुर बजार क्षेत्रमा फूलसहितको गमला राखेर सुन्दर र आकर्षा क्षेत्र बनाउने योजना छ । ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम अन्तर्गत सत्तल, पाटी पौवा, रकक्लाइम्बिङ निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रम सञ्चालन, कलासंस्कृति संरक्षण, पर्यटकीयस्थलको प्रवर्द्धन कार्यक्रम, वृत्तचित्र, सार्वजनिकस्थलमा शौचालय निर्माणलगायतका कार्यक्रम गरिनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker