गफ्फार बने तीन वर्षीया बालिकाको अभिभावक

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–१ मान्द्रे निवासी ३ वर्षीया सन्जु तामाङलाई सामाजिक अभियान्ता सुदीप गफ्फारले कक्षा १० सम्म पढाउने भएका छन् ।

आमाको निधन भइसकेको र बुबा र हजुरआमाको आयस्रोत नभएका कारण गफ्फारले कक्षा १० सम्मको सबै खर्च बेहोर्ने जनाएका छन् । कक्षा ५ सम्म ती बालिका सोही ठाउँको विद्यालयमा अध्ययन गर्नेछिन् । त्यसपछि उनले रोजेको विद्यालयमा पढ्ने व्यवस्था मिलाइने गफ्फारले बताए ।

उनले भने, ‘बुबा र हजुरआमा वृद्धवृद्धा भइसकेको र आर्थिक अवस्था निकै कमजोर रहेछ । उनलाई पढ्नका लागि चाहिने सबै खर्चको व्यवस्था मिलाउनेछु ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker