तनहुँ–१ हेभिवेटले चर्चामा, प्रतिस्पर्धामा एमाले कांग्रेस

कृष्ण न्यौपाने

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा १५ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका नेता एकबहादुर रानासहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस वरिष्ठ नेता पौडेललाई सत्तारुढ गठबन्धनको समर्थन छ ।

साथै यो क्षेत्रमा समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रविण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल चुनावी मैदानमा हुनुहुन्छ ।

स्वतन्त्रतर्फ कांग्रेसका पूर्वसहमहामन्त्री रहनुभएका गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

विसं २०७४ को निर्वाचनमा पराजित हुनुभएका वरिष्ठ नेता पौडेल यो पटक चुनाव जित्ने दाउमा हुनुहुन्छ । न्याय, निष्ठा, लोकतन्त्र रक्षा र समग्र तनहुँको विकासका लागि आफ्नो उम्मेदवारी रहेको पौडेलले बताउनुभयो । वरिष्ठ नेता पौडेललाई ‘हेभिवेट’ नेता भएको र सत्तारुढ गठबन्धनको साथ रहेकाले चुनाव जित्न सहज रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताउनुभयो ।

“स्थानीय तहको चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वडाध्यक्षले पाएको मत चुनाव जित्नका लागि पर्याप्त छ, हाम्रो मुख्य प्रतिस्पर्धा भनेको नेकपा एमालेसँग हो”, खनाल बताउनुहुन्छ । नेकपा एमालेका जिल्ला उपाध्यक्ष हरिराज कँडेल दुई कांग्रेस नेताहरुको प्रतिस्पर्धाले एमाले उम्मेदवारलाई फाइदा हुने बताउनुभयो ।

यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ, नेकपा ९एमाले० का रामबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनका भिमबहादुर लामा, नेकपा ९एकीकृत समाजवादी० का विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

तनहुँ क्षेत्र नं १ प्रदेश २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का हरिबहादुर चुमान, नेकपा ९एमाले० का पूर्णबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनका रनबहादुर खवास, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

तनहुँ क्षेत्र नं १ अन्तर्गत पाँच वटा पालिका पर्दछ । व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका यो क्षेत्रमा पर्छन् । यसमध्ये नेपाली कांग्रेसले व्यास, भानु र देवघाट गाउँपालिकामा विजय हासिल गरेको छ भने नेकपा (एमाले)ले बन्दीपुर तथा नेकपा (माओवादी) केन्द्रले आँबुखैरेनीमा विजय हासिल गरेको छ ।

क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा ९१० मा ६७ हजार एक सय ४४ र प्रदेश सभा ९२० मा ५६ हजार तीन सय ४६ मतदाता छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker