तनहुँको शुक्लागण्डकी-७ को वडा कार्यालय भवनको शिलान्यास

  • भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी-७ को वडा कार्यालय भवनको सोमबार शिलान्यास गरिएको छ । सबै वडावासीको केन्द्र पर्ने खैरेनीटार साना शहरी खानेपानी वितरण केन्द्र नजिकै ग्रामीण प्रशिक्षक प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गामा वडा भवन शिलान्यास गरिएको हो । वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले भवनको शिलान्यास गर्दै कुनै किसिमको आलटाल नगरी समयमै गुणस्तरीय भवन निर्माण गरी हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई अनुरोध गरे । भवन निर्माणका लागि सार्वजनिक जग्गा नहुँदा आफु अप्ठ्यारोमा परेको अवस्थामा जग्गा उपलब्ध गर्राई सहयोग गरेकोमा ग्रामीण केन्द्रलाई धन्यवाद दिंदै सबै वडाबासीको पायक पर्ने स्थानमा भवनको निर्माण शुरु गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष कृष्ण बहादुर पौडेल, नगर प्रवक्ता खिम बहादुर कुमाल, नेकपा ७ नं. वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर खत्री, नेपाली काँग्रेसका सन्तोष घिमिरे, वडा सदस्य गिरबहादुर थापा, खैरेनीटार साना शहरी खानेपानी आयोजनाका उपाध्यक्ष लेखनारायण श्रेष्ठ, वडा सचिव महेन्द्र घिमिरे लगायतले ठेक्का लिने तर समयमा काम नसक्ने प्रवृत्ति देखिएकाले समयमै काम सक्नुपर्नेमा जोड दिए । आगामी असार मसान्तभित्र भवन निर्माण सम्पन्न गर्ने गरी नाइसा कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ । एक तले र पाँच कोठे भवन ४५ लाख ८८ हजार ८५२ रुपैयाँ लागत सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker