दमौली घोषणापत्र जारी गर्दै नेपाल पब्लिक क्याम्पस संघको राष्ट्रिय परिषद् बैठक सम्पन्न

भञ्ज्याङ न्यूज

नेपालका सामुदायिक क्याम्पसहरुको प्रतिनिधिमूलक संस्था नेपाल पब्लिक क्याम्पस संघको राष्ट्रिय परिषद् बैठक दमौली घोषणापत्र जारी गर्दै तनहुँको दमौलीमा सम्पन्न भएको छ । संघले जारी गरेको दमौली घोषणा पत्रमा स्थानीय, प्रदेश तथा केन्द्रीय स्तरमा शोध तथा अनुसन्धान, गुणस्तर सुनिश्चितता प्रत्ययन, पाठ्यक्रम र पाठ्य विधि सम्बन्धी कार्यशाला गोष्ठी सेमिनार सञ्चालन गर्ने, केन्द्रीय तथा प्रदेश स्तरमा टिओटि कार्यक्रम संचालन गर्ने, क्याम्पस र प्राध्यापक कर्मचारी विवरण सहितको सफ्टवेयर र वेभसाइट तयार गर्ने र इएम आइएस सहितको संघको कार्यालय व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

घोषणपत्रमा विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य गरी जील्ला, प्रदेश र संघीय स्तरमा कार्यक्रमहरू सञ्चालन गर्ने, संघको विदेश सम्बन्धलाई थप विकास र विस्तार गर्ने, हाल सञ्चालनमा रहेको गणेशमान पालिखेको नाममा स्थापित छात्रवृत्ति कोषका अलावा अन्य छात्रवृत्ति कोषहरुको स्थापना गरी सामुदायीक क्याम्पसहरुमा अध्यनरत जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कृत गर्ने, सामुदायिक क्याम्पसहरुको भौतिक शैक्षिक र आर्थिक उन्नयनका कार्यक्रमहरु स्थानीय प्रदेश र संघीय सरकारको नीति कार्यक्रम र बजेटमा समेट्न तिनवटै तहका सरकारलाई दबाब दिने, सरकारले उपलब्ध गराएको जग्गामा भौतिक पूर्वाधार निर्माण गर्न देखिएको कानुनी अड्चनलाई हटाउन पहल गर्ने उल्लेख गरिएको छ ।

यस्तै, स्थानीय, प्रदेश र संघीय सरकारलाई उच्च शिक्षामा थप जिम्मेवार र जवाफदेही बनाउन जिल्ला, प्रदेश र केन्द्रीय समितिहरु मार्फ समन्वय गर्ने, थप नियमित अनुदानको ब्यावस्था गरे विश्वविद्यालय अनुदान आयोग शिक्षा अर्थमन्त्रालय अन्तरक्रिय गर्ने संघीयता एवं प्रदेश सरकारसँग समन्वय गरी सामुदायिक क्याम्पस हरुलाई भौतिक र आर्थिक सहयोग जुटाउन पहल गर्ने विश्वविद्यालयका बजार केन्द्रित प्राविधिक शैक्षिक कार्यक्रमहरुलाई सामुदायिक क्याम्पस सम्म पुर्‍याउनका लागि पहल गर्ने, विश्वविद्यालय अनुदान आयोग र त्रिभुवन विश्वविद्यालयलाई सामुदायिक क्याम्पसमा कार्यरत प्राध्यापक कर्मचारीको स्तर निर्धारण गराउनका लागि दबाब दिने, सदस्य सामुदायिक क्याम्पसहरुमा निश्चित मापदण्डको आधारमा क्याम्पस सेवा आयोग गठन गर्ने व्यवस्था गराउने जस्ता विषयहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।

संघको केन्द्रीय कार्यसमितिको आयोजना र दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको सह-आयोजकमा गरिएको बैठकको संघका पूर्व केन्द्रीय अध्यक्ष एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा संघका केन्द्रीय अध्यक्ष चिरन्जीवि श्रेष्ठ, निवर्तमान केन्द्रीय अध्यक्ष भोला ओझा, सल्लाहकार सदस्य तथा पूर्व उपाध्यक्ष धनलाल महर्जन र सल्लाहकार सदस्य तथा पूर्व उपाध्यक्ष शत्रुघ्न प्रसाद गुप्ता, प्रदेशका संयोजकहरुका तर्फाट प्रदेश नम्बर २ का संयोजक प्रभुनाथ पटेल, संघको जिल्ला अध्यक्षका अर्का तर्फाट धादिङ्ग जिल्ला अध्यक्ष पूर्व सांसद रामनाथ अधिकारीले वैठकलाई सम्बोधन गरेका थिए ।

बैठकमा संघका अध्यक्ष शिवराज सञ्जेल र पूर्व केन्द्रीय अध्यक्ष चिरन्जिवी श्रेष्ठले प्रतिवेदन पुस्तिका संयुक्तरुपमा विमोचन गरेका थिए । बैठक गण्डकी प्रदेशका संयोजक एवं सहआयोजक क्याम्पस आदिकवि भानुभक्त क्याम्पस क्याम्पस प्रमुख महाप्रसाद स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा शिक्षाविद डा तिर्थ थापाले ‘रिइमाजीनिङ हाइएर एजुकेशन’ र सूचना तथा सञ्चार प्रविधि विज्ञ रोमकान्त पाण्डेले ‘डिजिटलाईजेशन अफ हाइएर एजुकेशन’ विषयमा प्रशिक्षण दिएका थिए ।

बैठकमा संघका महासचिव मुक्तिराम पाण्डेले संघको कार्य प्रगति तथा आर्थिक प्रतिवेदन, आगामी रणनीति, वाषिर्क कार्यक्रम, विधान संशोधन र कार्य योजना समेटिएको प्रस्तावहरु प्रस्तुत गरेका थिए । महासचिवद्वारा प्रस्तुत एजेण्डा माथि संघका प्रदेश प्रतिनिधिहरुले समूहमा बुँदागत छलफल गरेका थिए । छलफल पछि तयार गरिएका सुझावहरुलाई प्रदेश प्रमुखहरुले बैठकमा पेश गरेका थिए । उक्त सुभावहरू समेट्दै बैठकमा प्रस्तुत सबै प्रस्तावहरू पारित गरिएको छ ।

बैठकमा दमौली घोषणापत्र तयारी समितिले प्रस्ताव गरेको घोषणापत्र पारित गरेको थियो । उक्त समिति संयोजकमा डा. अम्बु भवानी कार्की र सदस्यहरुमा संघका सहायक उपमहासचिव गोबिन्द बहादुर कार्की र गण्डकी प्रदेश संयोजक महाप्रसाद हड्खले रहनु भएको थियो ।

बैठकले संघको काठमाडौंमा २०७२ चैत्र १३ मा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनबाट परिमार्जित नेपाल पब्लिक क्याम्पस संघको विधान २०५१ लाई संशोधन गर्ने निर्णय गरेको छ । प्रतावित विधान बमोजीम केन्द्रीय कार्यसमितिको निर्वाचन मिश्रति निर्वाचन प्रणाली अनुसार गरिने भएको छ । केन्द्रीय कार्यसमिति पदाधिकारी र सदस्य गरी कुल ५१ सदस्यीय हुने छ । अव संघले मिश्रति निर्वाचन प्रणाली अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने भएको छ । जस अनुसार अध्यक्ष र १५ जना सदस्यहरूको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने भएको छ ।

जस अनुसार ५ जना सञ्चालक समितिका अध्यक्षहरु मध्येबाट, ५ जना क्याम्पस प्रमुखहरू मध्येबाट र ५ जना प्राध्यापक स‹का अध्यक्षहरु मध्येबाट निर्वाचित हुनेछन् । अध्यक्षको उम्मेदवारले पेश गरेको बन्द सुचिबाट उसले ल्याएको मतको अनुपातमा बन्द सुचिको प्रथामिकताको आधारमा समानुपातिक प्रणालीवाट २१ जना सदस्यहरु मनोनित हुनेछन् । मनोनित र निर्वाचित सदस्यहरु मध्येबाट उपाध्यक्ष ३ महासचिव १, उपमहासचिव २ र कोषाध्यक्ष १ को चयन हुनेछ । साथै उपविजेता अध्यक्ष पनि केन्द्रीय कार्यसमितिमा समेटिने छन । समितिमा उनको मर्यादाक्रम निवर्तमान अध्यक्ष पछि हुनेछ ।

बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा प्राप्त सुझावहरुलाई समेटेर आगामी केन्द्रीय महाधिवेशनमा विधान संशोधन मस्यौदा पेश हुने भएको छ । संघका महासचिवको संयोजकत्वमा विधान संशोधन मस्यौदा तयारी उपसमिति गठन गरेको छ । उक्त समितिमा कार्यसम्पादन समितिका सदस्य वीरेन्द्र गौतम रेवती भण्डारी सदस्य रहेका छन् ।

यस्तै, बैठकलाई सफल पार्न सहयोग गर्ने सहआयोजक आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ र आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक संघका अध्यक्ष विजयराज खनाल, स्वागत समितिका संयोजक निवर्तमान क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने र सदस्यहरु रामभक्त घिमिरे, दिया थापा, सम्मान तथा पुरस्कार समितिका संयोजक डा. राम कुमार अधिकारी र नारायणीदेबी अधिकारी आवास समितिका संयोजक सागर पौडेल, खाना समितिका संयोजक विष्णु कुमार यादव जस्ता समितिका मञ्च व्यवस्थापन समितिका संयोजक सुलभ कुमार श्रेष्ठ, डकुमेन्टेशन समितिका संयोजक वसन्ति थापा आलेमगर र सदस्य विष्णु गिरी, रजिष्ट्रेशन समितिका संयोजक विष्णु बहादुर ढकाल सदस्यहरु अप्सरा थापा राजन परियार सुरक्षाकर्मी रिठ्ठ बहादुर कुमाल, सहयोगी आइतमाया दरै र हेमा थापा लगायतलाई संघका अध्यक्ष सञ्जेल र प्रमुखअतिथि न्यौपानेले सम्मान गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker